४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इन्टरनेट, केबल टिभी र दूरसञ्चारका तार व्यवस्थापन नगरे आफैँ हटाउने प्राधिकरणको चेतावनी 

अ+ अ-

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तानिएका र प्रयोगमा नरहेका अनावश्यक तार तत्काल व्यवस्थापन गर्न इन्टरनेट, केबल टिभी र दूरसञ्चार सेवा प्रदायकलाई अनुरोध गरेको छ । यसको पालना नभए प्राधिकरण आफैँले तार हटाइदिने चेतावनी समेत दिएको छ । प्राधिकरणले यसअघि १५ कात्तिक र १८ पुस २०७९ मा यस्तै अनुरोध गरेको थियो ।

सो निर्देशनको पालना नभएको भन्दै प्राधिकरणले मङ्गलवार यस्तो चेतावनी दिएको हो । पछिल्लो समय अव्यवस्थित तार हटाउन स्थानीय तह समेत अग्रसर भएका छन् । यस्ता तार हटाएर शहरी सुन्दरता कायम राख्न, आगलागीलगायत विद्युतीय दुर्घटना न्यूनीकरण गर्दै भरपर्दो विद्युत् सेवा उपलब्ध गराउन समेत प्राधिकरणले सरोकारवालालाई अनुरोध गरेको छ ।

प्राधिकरणले अप्टिकल फाइबर केवल र विद्युत् लाइन तथा भू-सतहको न्यूनतम भर्टिकल क्लियरनेस कायम गर्नेबारे मापदण्ड समेत तोकेको छ । जसमा ४०० भोल्ट लाइन (नाङ्गो तार)मा ८० सेमी, ४०० भोल्ट लाइन (इन्सुलेटेड तार)मा ३० सेमी, ११ केभी-३३ केभीमा २ मिटर र अन्य ४०० भोल्टका उपकरणमा ७५ सेमीको दूरी राख्ने गरी तोकिएको छ । अप्टिकर फाइबर र जमिन सतहबीचको न्यूनतम दूरी भने पैदल मार्गमा २.४ मिटर र सडक मार्गमा ५.५ मिटर कायम गर्नु पर्ने भएको छ ।

राउटर, रिपेटर, अप्टिकल फाइबर डिष्ट्रिब्युसन बक्स र जोइन्ट क्लोजरजस्ता उपकरणहरू पोलको एउटै मात्र साइडमा मिलाएर नझर्ने, नहल्लिने गरी राख्न र सफासँग क्लिप, ब्याण्ड प्रयोग गरी वायरिङ गर्न समेत प्राकिधकरणले सचेत गराएको छ । प्रयोगमा नरहेका सबै तार र उपकरण तत्काल हटाउनु पर्ने भएको छ । प्राधिकरणको पोलमा क्वाइलरलूप बनाएर राखिएका केवल तारहरू तत्काल हटाउन र नयाँ केवल तान्दा अतिरिक्त लम्बाइको केबललाई क्वाइलरलुप बनाएर झुण्डाउने काम नगर्न समेत प्राधिकरणले भनेको छ ।

सेवा प्रदायकले निजको केवल सजिलोसँग छुट्याउन सक्ने गरी प्रत्येक पोलमा केबल ट्याग लगाउनु पर्ने भएको छ । पोलमा जडित उपकरणमा समेत मार्किङ गर्न प्राधिकरणले सचेत गराएको छ । सम्भव भएसम्म धेरै कोरा भएको केबल तानी बहुसङ्ख्यक सेवा प्रदायकले सहप्रयोग गर्ने गरी सेवा विस्तार गर्न समेत प्राधिकरणले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस