१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हामीले प्रचण्डलाई प्रधानमन्त्री बनाएर उद्धार गरिदियौँ : योगेश भट्टराई

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का केन्द्रीय सचिव योगेश भट्टराईले माओवादी नेतृत्वको सरकार गठन गर्न पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एमालेले उद्धार गरेको बताएका छन् ।

एमालेले सुरु गरेको मिसन ग्रासरूट अभियान अन्तर्गत सुर्खेतमा आयोजित एक कार्यक्रममा सचिव भट्टराईले प्रतिपक्ष मानसिकताका साथ तयार भएर बसेको एमालेले सरकार गठन गर्न प्रचण्डलाई नत्थी लगाएर नतानेको जिकिर गरे ।

उनले भने, ‘जनादेश अनुसार हामी प्रतिपक्षको मानसिकतामा थियौँ, काँग्रेसले प्रधानमन्त्री नदिएपछि कमरेड प्रचण्ड हामीसँग आउनुभयो र हामीले प्रधानमन्त्री बनाएर उद्धार गरिदियौँ ।’

एमालेलाई राष्ट्रपतिमा सघाउने माओवादीकै प्रस्ताव भएको चर्चा गर्दै सचिव भट्टराईले आफैँले गरेको प्रस्तावबाट प्रचण्ड पछि नहट्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘प्रचण्डसँग हामीले राष्ट्रपति मागेको होइन, उहाँ आफैँले एमालेलाई राष्ट्रपति दिने प्रस्ताव गर्नु भएको हो, अबपछि हट्न मिल्दैन । एक फरक प्रसङ्गमा सचिव भट्टराईले २०६२ सालपछि माओवादी पार्टी एमालेकरण भएको र नेपाल कम्युनिस्ट पार्टी विभाजन नभएको भए कमरेड प्रचण्ड नै जनताको बहुदलीय जनवादको असल व्याख्याता भइसक्ने उनको भनाई थियो ।

अभियानको कर्णाली संयोजकसमेत भट्टराईले ग्रासरूट अभियानका सबै कार्यक्रमहरू तल्लो तहसम्म पुग्ने र यसले पार्टीको फुलवडी चेकअप गर्ने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस