काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निर्देशन समितिको बैठक आज बस्दै छ ।
पार्टी पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको समितिको बैठक बस्न लागेको हो ।
पार्टी उपाध्यक्ष बुद्धिमान तामाङका अनुसार केहीबेरमा सुरु हुने बैठकमा समसामयिक राजनीतिक परिस्थितिको विश्लेषण र छलफल हुनेछ ।
यो समितिलाई पार्टीको नीतिगत निर्णय गर्ने, मन्त्रिपरिषद् सिफारिस, राजनीतिक नियुक्तमा पार्टीबाट सिफारिस गर्ने अधिकार छ ।