९ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिँचाइको विद्युत महसुल गाउँपालिकाले तिर्ने

अ+ अ-

लुम्बिनी । रुपन्देहीको एउटा गाउँपालिकाले कृषि मिटर जडान गरी विद्युत्को महसुल तिरिदिने निर्णय गरेको छ । जिल्लाको दक्षिणी क्षेत्र मर्चवारमा रहेको कोटहीमाई गाउँपालिकाले सिँचाइ समस्या समाधानका लागी सो निर्णय गरेको जनाएको छ ।

एउटा मात्र मुख्य मिटर जडान गरी सिँचाइ प्रयोजनका लागि प्रयोग हुने सम्पूर्ण विद्युत् महसुल गाउँपालिकाले बेहोर्ने प्रतिबद्धतासहित विद्युतीय पूर्वाधार निर्माण गर्न नेपाल विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्रसँग गाउँपालिकाले माग गरेको छ । अधिकांश कृषियोग्य भूमिमा समस्या भइरहेको भन्दै सम्पूर्ण वडामा एकसय केभिएको ट्रान्सफर्मर तथा विद्युतीय लाइन विस्तार गर्न आग्रह गर्दै सिँचाइ प्रयोजनमा खपत हुने महसुल गाउँपालिकाले बुझाउने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

कृषि क्षेत्र वृद्धि, विस्तार र सुधार ल्याउन तथा किसानलाई सिँचाइमा सहजीकरणको लागि लाग्ने सम्पूर्ण विद्युतीय महसुल गाउँपालिकाले नै तिर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले बताए । कृषि क्षेत्रको वृद्धि–विकासका लागि सिँचाइ कार्यमा प्रयोग हुने सम्पूर्ण विद्युतीय महसुल गाउँपालिकाले नै तिर्ने निर्णय लुम्बिनी प्रदेशमै पहिलो हो ।

गाउँपालिका अध्यक्ष त्रिपाठीले भने, ‘सिँचाइलाई प्रयोग हुने विद्युत् महसुल गाउँपालिकाले तिर्ने निर्णय भए पनि विद्युत्को दुरुपयोग हुने सम्भावना रहेकाले त्यसलाई रोक्न गाउँपालिकाले प्रभावकारी संयन्त्रको व्यवस्था गर्नेछ ।’ माघ ११ गते बसेको गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकामा स्वीकृत भएका योजनामध्ये डिप ट्युबवेल, बोरिङ तथा ह्याण्ड पम्प जडान कार्यमा संलग्नबमोजिम तथा एम्बुलेन्स सेवा सञ्चालन कार्यविधि २०७९ समेत स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस