७ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छन्त्याल सभ्यता र संस्कृतिको दुर्गम गाउँ गुर्जा

अ+ अ-

गलेश्वर । गुजमुज्ज परेका परम्परागत शैलीका घर । मौलिक संस्कृति अनि सोझा, सरल र मिजासिला छन्त्यालको बस्ती भएको म्याग्दीको दुर्गम बस्ती हो गुर्जा । ‘टुप्पीदेखि माथि ठाउँ छैन, गुर्जादेखि माथि गाउँ छैन’ भन्ने उखानबाट परिचित यो छन्त्याल जातिको ठूलो बस्ती हो । छिमेकी बस्तीबाट हत्तपत्त कोही नपुग्ने यो छन्त्याल जीवन, सभ्यता र संस्कृति हेर्ने सानो आँखी झ्याल हो ।

समुद्र सतहबाट तीन हजार दुई सय २० मिटर उचाइमा अवस्थित यहाँ वर्षमा पाँच महिना हिउँ हुन्छ । हिमपातको समयमा गाउँ मानव सम्बन्धबाट विच्छेद हुन्छ । एक सय ४२ घरपरिवार बसोबास गर्छन् यहाँ । सदरमुकाम बेनी बजारदेखि करिब दुई दिनको यात्रामा पुगिने गुर्जामा जडीबुटी, खानी र पर्यटकीय सम्भावनाका अवसर छन् । तर यसको सदुपयोग हुन सकेको छैन । जीविकोपार्जनको एउटै स्रोत भनेको पशुपालन र जडीबुटी हो ।

यहाँ बिखला, चिराइतो, सतुवा, जटामसी, कुट्की, वनलसुनलगायतका जडीबुटी र दुर्लभ मानिएको कार्ज स्टोन ९सेतो ढुङ्गो० को खानी रहेको धौलागिरि गाउँपालिका १ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्याल बताउछन्। यहाँका जडीबुटीको राम्रो माग रहेकाले प्रशस्त आम्दानी गर्न सकिने सम्भावना रहेको उनी बताउछन् । गुर्जा गाउँको प्राकृतिक सुन्दरता, जैविक विविधता, सामाजिक मूल्यमान्यता र पर्यावरणीय शुद्धता पर्यटकका आकर्षण हुन् । वडाध्यक्ष छन्त्यालले भने, ‘तर आवश्यक प्रचार गरिदिने माध्यम हामीले पाएनौ । नेताहरू चुनावपछि गाउँ विर्सन्छन । यहाँको विकासमा कसैको चासो छैन ।’

पशुपालन, रातो च्याउ र गोल्डेन स्याउ, टिमुरको व्यावसायिक खेती, पर्यटन र खानी उत्खनन यहाँका बासिन्दाको आयआर्जनको बलियो माध्यम बन्न सक्ने देखिएको छ । भौगोलिक विकटतालाई कारण बनाएर सरोकारवाला निकाय पन्छिने प्रवृत्ति रहेको स्थानीय जसविर विकले बताए ।

गुर्जाको घुर्मखोला र गुर्जा हिमालको फेदमा पहिचानमा आएको पत्थरको खानी आवश्यक उपकरण अभाव, राज्यको अनुमति नहुनु र स्थानीयको उदासीनताले उत्खनन हुन सकेको छैन । सुन, चाँदीजस्ता बहुमूल्य धातुमा जडान गरी गहना बनाउन प्रयोग हुने यो पत्थरको बजारमा माग छ । गुर्जा गाउँदेखि एक दिनको पैदल यात्रामा पुगिने घुर्मखोला वरपरका पहाडमा रातको समयमा बत्ती बालेझैँ गरी टल्कने यो पत्थर म्याग्दीका लागि भिल्लाका देशमा मणिजस्तै बनेको गुर्जाबाट बेनी आएर बसोबास गरेका डकर्मी डेकबहादुर विकले बताए पत्थर उत्खननलाई स्थानीय स्तरबाट सम्भव नभएको र राज्यले चासो नदेखाएकाले अलपत्र परेको धौलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकप्रसाद छन्त्याल बताउछन् ।

गुर्जावासी गाई, भैँसी, भेँडापालन गरी मकै, आलु र जौ उत्पादनबाट छ महिना जीविकोपार्जन गर्छन् । बाँकी समय बेसहाराको भरमा जीवन गुजारा गर्नुपर्ने बाध्यतामा छन् । एक माध्यमिक विद्यालय, स्वास्थ्य चौकी, लघु जलविद्युत्को उज्यालो तथा डाटासहितको मोबाइल फोन र डिसहोमबाट सञ्चार प्रविधि भने गुर्जा उक्लेको वडाध्यक्ष छन्त्यालले बताए ।

विचित्रका हिमाली र पहाडी धरातल, वनस्पति र सामाजिक संस्कृतिले भरिपूर्ण गुर्जा गाउँमा अझै पनि प्राचीन समाजका अवशेष भेट्न पाइन्छ । जहाँ जे बाली पाक्छ, त्यहीँ नै बसोबास सार्ने परम्परा गुर्जा गाउँमा अझै छ । गुर्जा गाउँ पछिल्लो समय पर्यटन र जडीबुटीका कारण देश विदेशमा परिचित हुन थालेको छ ।

यहाँ यार्सागुम्बा, रातो च्याउ, सतुवा र जडीबुटी मात्रै होइन गत वर्षदेखि इटालियन गोल्डेन स्याउको व्यावसायिक खेतीसमेत सुरु गरिएकाले अहिले गुर्जाको परिचय फेरिएको छ । देशभित्र र विदेशमा गुर्जालाई ‘हर्बल हब’ भन्न थालिएको वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए ।

जिल्लास्थित कृषि ज्ञान केन्द्रको ५० प्रतिशत र धौलागिरि गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा यहाँका २५ किसानले उक्त स्याउको ८०० बेर्ना लगाएका थिए । गुर्जामा सुरु गरिएको स्याउको व्यावसायिक खेती जिल्लाकै पहिलो हो । राम्रो फल नदिएपछि गुर्जावासीले पुरानो स्याउको बगैँचालाई मासेर विदेशबाट आयातित हाइब्रिड जातको स्याउ लगाएका हुन् ।

गुर्जा गाउँबाट ढोरपाटन, गुर्जा, पुथा र चुरेन हिमालको आधारि शिविरको एउटै पदमार्गबाट रुकुम निक्लने यार्सा पदमार्ग पर्दछ  । शिविरबाटै डोल्पा, गुर्जाबाट धौलागिरि आधार शिविरसम्मपुग्न सकिने भएकाले ‘एडभेन्चर ट्रेल हब’ का रूपमा पनि परिचित हुन थालेको वडाध्यक्ष छन्त्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस