अझै उपस्थित भएनन् संस्थापन इतरको बैठकमा डा.शेखर कोइराला « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

अझै उपस्थित भएनन् संस्थापन इतरको बैठकमा डा.शेखर कोइराला


५ पुस २०७९, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसको संस्थापन इतरको समूहको जारी छलफलमा संसदीय दलको नेताका एक प्रत्याशी डा.शेखर कोइराला अझै उपस्थित भएका छैनन्।

बिहान ८ बजेदेखि इतर समूहका अन्य नेताहरूको छलफल भने जारी छ।

संसदीय दलका अर्का प्रत्याशी एवं महामन्त्री गगनकुमार थापा, उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वेय बद्री पाण्डे, जीवन परियार, सांसद चन्द्र भण्डारीलगायत उक्त छलफलमा सहभागी छन्।

बुधबार नेपाली काँग्रेसको संसदीय दलको निर्वाचन हुँदैछ। संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा आफैँ अघि सरेका छन् भने संस्थापन इतरबाट महामन्त्री थापा र डा कोइराला आकाङ्क्षी छन्।

Tags :
प्रतिक्रिया दिनुहोस