हिमाञ्चलमा काँग्रेस अगाडि, भाजपा पछ्याउँदै « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

हिमाञ्चलमा काँग्रेस अगाडि, भाजपा पछ्याउँदै


२२ मंसिर २०७९, बिहिबार


काठमाडौँ । भारतको हिमाञ्चदल प्रदेशको विधानसभामा काँग्रेसले अग्रता लिएको छ ।

६८ सिटको लागि भएको विधानसभा चुनावमा काँग्रेसले ३९ सिटमा अग्रता कायम गरेको छ भने भारतीय जनता पार्टी (बीजेपी)ले पछ्याउँदै २६ सिटमा अग्रता कायम गरेको छ ।

राज्यका ६८ विधानसभा सिटका लागि नोभेम्बर १२ मा चुनाव भएको थियो र करिब ७५.६ प्रतिशत मतदान भएको थियो ।

पछिल्लो मतगणना अनुसार भाजपाका मुख्यमन्त्री जयराम ठाकुर आफ्नो निर्वाचन क्षेत्र सेराजबाट करिब २४ हजार मतका साथ अग्रस्थानमा रहेका छन् । उनले ३३ हजार २५६ मत पाउँदा  काँग्रेसका  उम्मेदवार चेतरामले ८ जार ९५६ मतले मात्र मत ल्याएका छन् ।

यस्तै  सिमला ग्रामीणबाट काङ्ग्रेस उम्मेदवार तथा पूर्व मुख्यमन्त्री स्वर्गीय वीरभद्र सिंहका छोरा विक्रमादित्य सिंह कुल १३ हजार ३१९ मतका साथ अगाडि रहेका छन् । 

विक्रमादित्यले ३२ हजार ९७३ मत पाउँदा  विजेपीका रबी कुमार मेहताले १९ हजार ६५४ मत ल्‍याएको बीबीसी हिन्दीले जनाएको छ ।

हिमाञ्चल प्रदेश विधानसभा निर्वाचनको मतगणना बिहीबार बिहान ८ बजेदेखि सुरु भएको थियो । हिमाञ्चल प्रदेशका ५९ स्थानमा ६८ वटा मतगणना कक्ष रहेका छन् ।

यी तीन दलबाहेक बहुजन समाज पार्टी (बसपा), भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी), भारतीय कम्युनिस्ट पार्टी (भाकपा) र राष्ट्रिय देवभूमि पार्टी (आरडीपी) पनि चुनावी मैदानमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस