३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यु-१९ राष्ट्रिय क्रिकेटमा लुम्बिनीको चौथो जित

अ+ अ-

काठमाडौँ । प्रदेश नम्बर १ लाई ६ विकेटले पराजित गर्दै लुम्बिनी प्रदेशले यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा चौथो जित हात पारेको छ । लुम्बिनीका बलर निर्मल गुरुङले आक्रामक बलिङ गर्दै ५ विकेट लिएको खेलमा प्रदेश १, २६।२ ओभरमा ६९ रनमा अलआउट भएको थियो । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको प्रदेश १ का लागि ओपनर सुभान गहतराजले सर्वाधिक २२ रन बनाए ।

उनले २२ बल खेल्दै ३ चौका प्रहार गरे । तेस्रो क्रमका ब्याटर इस्टेन रिजालले ६८ बल खेल्दै १९ रन बनाए । त्यसबाहेकका कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन नसक्दा प्रदेश १ सस्तैमा आउट भएको हो । लुम्बिनीका लागि निर्मल गुरुङले ४.२ ओभर बलिङ गर्दै सर्वाधिक ५ विकेट लिए । अर्का बलर दुर्गेश गुप्ताले ७ ओभर बलिङ गर्दै १ मेडन सहित २१ रन खर्चेर २ विकेट लिए ।

प्रदेश १ ले दिएको ७० रनको सामान्य लक्ष्य लुम्बिनीले १६ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । लुम्बिनीका लागि देव खनालले सर्वाधिक १९ रन बनाए । उनले ३९ बल खेल्दै २ चौका प्रहार गरे । अर्का ओपनर आकाश त्रिपाठीले १७ रन बनाए । प्रज्वल ओलीले ११ बल खेल्दै २ चौकाको साहयतामा १५ रन जोडे । सुनिल भण्डारी र विशाल भुसाल ६ र ८ रनमा अविजित रहे ।

प्रदेश १ का लागि दिपेश कँडेलले छ ओभर बलिङ गर्दै १ मेडन सहित १९ रन खर्चेर ३ विकेट लिए । विपिन महतोले १ विकेट लिए ।

आफूले खेलेका सबै ५ खेल जितेको सुदूरपश्चिमको १० अङ्क छ । बागमती ५ खेलमा ४ जित सहित ८ अङ्कका साथ रनरेटका आधारमा दोस्रो स्थानमा छ । लुम्बिनी समान खेलमा समान अङ्क भएता पनि रनरेटका आधारमा तेस्रो स्थानमा छ । ७ टिम सहभागी प्रतियोगिताको शीर्ष २ मा रहने टिमले फाइनल खेल्ने छन् । अन्य चार प्रदेश भने बाहिरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस