२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिवि दीक्षान्त समारोह : एकै जना चार पदकबाट विभूषित

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको मंसिर २३ गते हुने ४८औँ दीक्षान्त समारोहमा एकै जना सर्वोत्कृष्ट विद्यार्थी विभिन्न चार र एक जनाले तीन पदकबाट विभूषित हुने भएका छन् ।

त्रिविले दीक्षान्त समारोहमा स्नातकोत्तर तह २०७६ सालका विभूषित हुने सर्वोत्कृष्ट विद्यार्थी विवरण अनुसार पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभाग विश्वविद्यालय क्याम्पस, कीर्तिपुरका विद्यार्थी सकुन् महर्जनले ४.०० सीजीपीए प्राप्त गरेका छन् ।

विद्यार्थी महर्जनलाई सम्पूर्ण स्नातकोत्तर तहमा प्रथम श्रेणीमा प्रथम भएको हुनाले चान्सलर पदक, त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घ स्वर्ण पदक, रामप्रसाद मानन्धर स्वर्ण पदक र रामप्रसाद मानन्धर स्वर्ण पदक प्रदान गरिने भएको छ ।

विवरण अनुसार अर्का विद्यार्थी रोहन व्यञ्जनकार तीन ओटा पदकले विभूषित हुने भएका छन् । अर्थशास्त्र केन्द्रीय विभाग, विश्वविद्यालय क्याम्पस, कीर्तिपुरका व्यञ्जनकारलाई एम.ए. अर्थशास्त्र विषयमा ३.८५ सीजीपीए प्राप्त गरेको हुनाले तारा पद चौधरी पदक, खगेन्द्रमान सिं प्रधान पदक, चन्द्रराज ढुङ्गेल स्मृति पुरस्कार प्रदान गरिने भएको हो ।

त्यस्तै रत्नराज्य लक्ष्मी क्याम्पस, प्रदर्शनी मार्गका छात्रा रबिना घिमिरेलाई एम.ए. राजनीति शास्त्र विषयमा सर्वप्रथम भएको हुँदा ललित चन्द पुस्कार र वडाकाजी मरिचमान सिंह पदक प्रदान गरिने भएको छ ।

दीक्षान्त समारोहमा स्नातक तहका उत्कृष्ट विद्यार्थीलाई प्रदान गरिँदै आएको भाइस चान्लर पदक चन्द्रकला राना पक्लिहवा क्याम्पस, पक्लिहवालाई प्रदान गरिने उल्लेख छ ।

४८औँ दीक्षान्त समारोहमा २०७५, २०७६, २०७७ सालका एमफील, स्नातकोत्तर तथा स्नातक तहका सर्वोत्कृष्ट २१ जना विद्यार्थीलाई विभिन्न पदकबाट विभूषित गरिने छ ।

सार्वजनिक विद्यार्थी नामावलीमा उल्लेख भएका विद्यार्थीहरू बाहेक अन्य कुनै विद्यार्थीले दीक्षान्त पदक एवं पुरस्कारहरू प्राप्त गर्नुपर्ने आधार भए साल मङ्सिर १५ गतेभित्र स–प्रमाण त्रिवि। परीक्षा नियन्त्रण कार्यालय, बल्खुमा सम्पर्क राखी दाबी विरोध गर्ने पनिकाले सूचित गरेको छ ।

दीक्षान्त पदक एवं पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरूले मंसिर १८ गतेभित्र आफूले प्राप्त गरेको सक्कल ट्रान्सक्रिप्ट र नागरिकताको फोटोकपी सहित यस पनिका, बल्खुमा सम्पर्क राख्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस