काठमाडौँ । गुण्डा नाइके राधाकृष्ण भण्डारी उर्फ राधेसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । धादिङ सदरमुकामको अस्पताल चेकस्थित बीचबजारमा भिम बहादुर गुरुङलाई खुकुरी प्रहार गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।
मंगलबार ना.८७ प १९५० नम्बरको मोटरसाइकलमा सवार ३० वर्षीय गुरुङलाई ३९ वर्षका भण्डारीसहित ६ जनाले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । पीडित पक्षले खुकुरी प्रहार गरेको उजुरी गरेको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
गुण्डा नाइके राधे तरुण दलको उपाध्यक्ष हुन् ।