काठमाडौँ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सामान्य सुधार भएको छ । उपचाररत किष्ट अस्पतालले मङ्गलवार जारी गरेको विज्ञप्तिमा छातीको निमोनिया संक्रमण नियन्त्रणका लागि दिइएको एन्टिबायोटिक्सको कोर्स भने जारी रहेको उल्लेख छ ।
अस्पतालले मुटुको चालसम्बन्धी समस्यामा पनि केही सुधार देखिएको भन्दै अस्पतालले उपचार भने आइसियुमै जारी रहेको जनाएको छ ।