३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१६ जिल्ला अझै निरक्षरमुक्त भएनन्

अ+ अ-

काठमाडौँ । मुलुकबाट दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने भनी राज्यले प्रतिबद्धता व्यक्त गरेको १४ वर्ष बित्दा पनि १६ जिल्ला अझैसम्म निरक्षरमुक्त हुन सकेका छैनन्।

सरकारले २०६५ सालमा दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने लक्ष्य अगाडि सारेको थियो। बिहीबार ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउँदासम्ममा मधेश प्रदेशका कुनै पनि जिल्ला साक्षर घोषणा भएका छैनन्।

लुम्बिनी प्रदेशको कपिलवस्तु, कर्णाली प्रदेशको मुगु, जुम्ला, हुम्ला, कालीकोट र डोल्पा तथा सुदूरपश्चिम प्रदेशको कञ्चनपुर र डोटी जिल्ला साक्षर घोषणा हुन बाँकी छ। हालसम्म ६१ जिल्ला साक्षर घोषित भइसकेका छन्। प्रदेश १ लाई बिहीबार साक्षर प्रदेश घोषणा गरिँदैछ। हालसम्म गण्डकी र बागमती प्रदेशमात्र साक्षर प्रदेश घोषणा भएका छन्।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको अनौपचारिक तथा वैकल्पिक शिक्षा शाखाका निर्देशक नीलकण्ठ ढकालले बिहीबार कञ्चनपुरलाई साक्षर जिल्ला घोषणा गर्न लागिएको जानकारी दिए।

केन्द्रसँग हाल बाँकी रहेका १५ देखि ६० उमेर समूहका निरक्षरको यकिन सङ्ख्या उपलब्ध छैन। केन्द्रले ती जिल्लामा ७५ देखि ९० प्रतिशत नागरिक साक्षर भएको दाबी गरेको छ। कुल जनसङ्ख्याको न्यूनतम ९५ प्रतिशत साक्षर भएमा साक्षर जिल्ला वा पालिका वा प्रदेश घोषणा गर्न सकिने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस