बहादुर हवल्दारलाई पुरस्कृत गर्ने गृहमन्त्रीको घोषणा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

बहादुर हवल्दारलाई पुरस्कृत गर्ने गृहमन्त्रीको घोषणा


प्रशासन विशेष ब्युरो

१४ असार २०७४, बुधबार


दाङ । अज्ञात समूहले प्रहार गरेको बम टिपेर सुरक्षित स्थानमा फ्याँक्ने प्रहरी हबल्दार दुर्गाबहादुर रानालाई गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले पुरस्कृत गर्ने घोषणा गरेका छन् ।

गृहमन्त्री शर्माले प्रहरी हवल्दार रानालाई टेलिफोन गरी मतदान केन्द्रमा देखाएको बहादुरीको प्रशंसा गर्दै पुरस्कृत गर्ने बचन दिएका हुन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका अम्बास मतदान केन्द्रमा बिहान साढे ९ बजे बुथ नै ध्वस्त गर्ने उद्धेश्यका साथ भएको बम आक्रमणलाई हवल्दार रानाले बहादुरीका साथ ज्यानको बाजि लगाएर निश्तेज पारेका थिए ।

मतदान केन्द्रको सुरक्षामा खटिएका प्रहरी हबल्दार रानाले मोटरसाइकलमा आएका आक्रमणकारीले प्रहार गरेको बम देख्ने बित्तिकै भुइमा खस्न नदिँदै तत्कालै समातेर सुरक्षित स्थानतर्फ फ्याकेकै कारण सम्भावित ठूलै मानवीय क्षति हुनबाट जोगाएका थिए । उनले फ्याकेको केही मिनेटमै बम ठूलो आवाजका साथ बिस्फोट भएको थियो ।

हवल्दार रानाले देखाएको बहादुरीले नेपाल प्रहरीको शिर उच्च राख्नुका साथै आम जनतालाई प्रहरीप्रतिको विश्वास अझ बढाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस