२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बुटवललाई समानता र अवसर सहितको बस्न योग्य सहर बनाउने गठबन्धनको सङ्कल्प

अ+ अ-

रुपन्देही । पाँच दलीय गठबन्धनले बुटवल उपमहानगरपालिकालाई समानता, स्वाभिमान र अवसरसहितको बस्न योग्य सहरका रुपमा रुपान्तरण गर्ने सङ्कल्प गरेको छ ।

आज बुटवलमा चुनावी सङ्कल्प पत्र सार्वजनिक गर्दै गठबन्धनले बुटवललाई समुन्नत र समतामूलक सहर निर्माणका लागि पाँच दलीय गठबन्धन एक भएर लाग्ने जनाएको छ ।

काँग्रेसबाट बुटवल उपमहानगरपालिकाको प्रमुख पदका उम्मेदवार खेलराज पाण्डे र एकीकृत समाजवादीबाट उपप्रमुखका उम्मेदवार चीनबहादुर गुरुङलगायत पाँच दलीय गठबन्धनका नेताले सङ्कल्प पत्र सार्वजनिक गरेका हुन् ।

साझा सङ्कल्प पत्रमा निजी तथा दलीय प्रयोजनका लागि सरकारी सवारी साधनको प्रयोग अन्त्य गर्ने, वार्षिक रुपमा जनप्रतिनिधिको सम्पत्ति विवरण सार्वजनिक गर्ने, जनप्रतिनिधिको एक महिनाको तलब नगरवासीको स्वास्थ्य बीमा कार्यक्रमका लागि योगदान गर्ने प्रतिबद्धता जनाइएको छ ।

त्यस्तै बुटवल उपमहानगरपालिका कार्यालयलाई आम नगरवासीको अपनत्व झल्किने समावेशी र अपाङ्गतामैत्री बनाउँदै साझा चौतारीका रुपमा विकास गर्ने तथा मेयर युथ एड्भाइजरी बोर्ड गठन गर्ने सङ्कल्प पत्रमा उल्लेख छ ।

पाँच दलले देश विदेशमा रहेका बुटवलका बुद्धिजीवी र व्यावसायिक व्यक्तिलाई बुटवलमै फर्केर आफ्नो पेसा व्यवसाय सञ्चालन गर्न सक्ने बनाउनका लागि अनुसन्धानविद् समेटेर बुटवलका लागि प्रबुद्ध परिषद् गठन गर्ने योजना पनि अघि सारेका छन् ।

घण्टौँ लाइन लागेर सार्वजनिक सेवा लिनुपर्ने बाध्यतालाई हटाउन कागजविहीन, व्यक्ति स्वयम् उपस्थित हुन नपर्ने र लाइन लाग्न नपर्ने गरी सेवा दिने प्रतिबद्धता जनाएको सङ्कल्प पत्रमा उल्लेख छ ।

यस्तै विशिष्ट सार्वजनिक सेवा द्रुत रुपमा घरघरै पुर्‍याइने, सार्वजनिक प्रशासनलाई भ्रष्ट्राचार र अनियमिततामुक्त बनाउन सेवा प्रवाहका आधुनिक र सफल अन्तर्राष्ट्रिय अभ्यासहरुको अध्ययन गरी अवलम्बन गर्ने र सार्वजनिक सेवा प्राप्त गर्न एकद्वार नीति अवलम्बन गरी सिफारिस, राजस्व सेवा, घर–नक्शा इजाजत जस्ता सेवाहरुलाई डिजिटाइज र झन्झटमुक्त बनाउने योजना यी दलले अघि सारेका छन् ।

हाल गुनासो लिएर जाने जनतालाई जनप्रतिनिधिले हप्काएर पठाउने गरेको दाबी गर्दै गठबन्धनले त्यस्तो अवस्थालाई चिर्न र गुनासो सुन्नका लागि हेलो मेयर डेक्स स्थापना गर्ने योजना अघि सारेको छ ।

गठबन्धनले व्यवसाय करको दर व्यापारको प्रभावका आधारमा निर्धारण गर्ने, पालिकाले लिँदै आएको घरबहाल कर, ई रिक्सा सवारी कर, हाटबजार बैठकी करलगायतका करका दर एवं सिफारिस शुल्क घटाइने भनेको छ ।

यस्तै सबै वडाको दिगो र सन्तुलित विकासका लागि न्यायोचित बजेट विनियोजन गर्ने प्रतिबद्धता गठबन्धनले गरेको छ । गठबन्धनले बुटवलमा दुई वटा नगर अस्पताल निर्माण गर्ने योजना ल्याएको छ ।

गठबन्धनले वडा स्वास्थ्य केन्द्रमार्फत महिलाका लागि निःशुल्क सेनिटरी प्याडको व्यवस्था गर्ने सङ्कल्प गरेको छ । यस्तै सङ्कल्प पत्रमा भनिएको छ– ‘हरेक वडामा प्रयोगशाला र आकस्मिक सेवासहितको वडा स्वास्थ्य सेवा केन्द्र स्थापना गरिनेछ । स्वास्थ्य बीमामार्फत् उपचार लिएका सेवाग्राहीलाई वडा स्वास्थ्य सेवा केन्द्रबाट औषधि उपलब्ध गराइने छ । बुटवल उपमहानगर क्षेत्रमा दुई वटा नगर अस्पतालको निर्माण गरिने र नगरभित्र निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने छ ।’

यस्तै आयुर्वेद तथा प्राकृतिक चिकित्सालयको स्थापना तथा विकास गर्ने र लुम्बिनी प्रादेशिक आयुर्वेद अस्पताललाई स्तरोन्नति गर्ने भनिएको छ । आम्दा अस्पताललाई उपमहानगरपालिकाको मातहतमाल्याई मेडिकल कलेजका रुपमा विकास गर्न आवश्यक पहल गरिने छ, गर्भवती महिलालाई निःशुल्क स्वास्थ्य परीक्षण र पोसिलो खानाको व्यवस्था मिलाइने छ ।

सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाको दक्षता अभिवृद्धि र उत्प्रेरणाका कार्यक्रम सञ्चालन गर्दै मोबाइल हेल्थ वर्कर समूह गठन गरिने सङ्कल्प पत्रमा उल्लेख छ ।

यस्तै नगरवासीलाई स्वच्छ खानेपानीको पहुँचभित्र ल्याउने, उपभोक्ता समूहबाट सञ्चालित खानेपानी आयोजनालाई आवश्यकता अनुसार विकास, विस्तार र सहयोग उपलब्ध गराउने योजना अघि सारेको गठबन्धनले झुम्साखोला खानेपानी परियोजना यथाशीघ्र सम्पन्न गर्ने प्रतिबद्धता जनाइको छ । बुटवलको फोहर व्यवस्थापनका लागि अन्य पालिका समेतको समन्वयमा अत्याधुनिक फोहर प्रशोधन केन्द्र स्थापना गरिने छ ।

फोहरको प्रकृति अनुसार घरेलु फोहर सङ्कलन कार्यलाई सहज बनाउन टोल विकास समितिसँगको सहकार्यमा टोलस्तरमा रङ्गिन डस्टबिन राखिने छ । घरेलु फोहर सङ्कलनबापत लिइँदै आएको दस्तुर घटाउने, बुटवलका प्रमुख बजार एवं केन्द्रमा स्तरीय, सुविधाजनक र अपाङ्गतामैत्री सार्वजनिक शौचालय निर्माण गरिने छ ।

शौचालयको सरसफाइ र सञ्चालनका लागि आवश्यक स्रोतको व्यवस्था गर्न कोष खडा गरिने सङ्कल्प पत्रमा उल्लेख छ । यस्तै सङ्कल्प पत्रमा आवश्यक रङगरोगन, ट्राफिक चिन्ह, जेब्रा क्रसिङ, सेन्सरयुक्त ट्राफिक बत्ती आदिको व्यवस्था गर्दै सडक पूर्वाधारलाई यात्रुमैत्री बनाउने योजना अघि सारिएको छ । सडक छेउमा उपयुक्त फूल, वनस्पति एवं वृक्षरोपण गरी हरियाली बेल्ट निर्माण गरिने छ ।

पैदल यात्रुको सुविधाका लागि छहारीसहित कुर्सीको व्यवस्था गरिने, सहरी वन अवधारणाअन्तर्गत बजार एवं आवासीय क्षेत्रका सार्वजनिक जग्गा पहिचान गरी सहरी वन क्षेत्रका रुपमा विकास गरिने र पोखरी एवं तालको निर्माण गर्दै जल सम्पदा र जैविक विविधताको संरक्षण गरिने सङ्कल्प पत्रमा भनिएको छ ।

बुटवललाई विश्राम स्थलका रुपमा विकास गर्ने, वाल्मिकी आश्रम, त्रिवेणीधाम, रामग्राम, लुम्बिनी, तिलौराकोट, श्रीनगर, भैरवस्थान, रेसुङ्गा, सुपादेउराली लगायतका पर्यटकीय क्षेत्रको केन्द्र भागमापर्ने बुटवल उपमहानगरपालिका क्षेत्रलाई पर्यटक विश्राम स्थलका रुपमा विकास गरिने छ ।

ऐतिहासिक जीतगढी किल्लाको संरक्षण तथा सम्वद्र्धन गर्दै यसको ऐतिहासिकतालाई चित्रण गर्ने वृत्तचित्र निर्माण तथा अन्तर्राष्ट्रियस्तरमा प्रचार गरी पर्यटक आकर्षित गरिने, आदि मानवरामापिथेकस पार्क, हिलपार्क, मणिमुकुन्द सेन पार्क, पिसपार्क, मिलनपार्कलगायत विभिन्न पार्कको विस्तार तथा स्तरोन्नति गरिने छ । सेमलार र मोतीपुर क्षेत्रमा एम्युजमेन्ट पार्क निर्माण गरिने छ ।

पुरानो बुटवल (बटौली) को ऐतिहासिकतालाई जगेर्ना गर्दै सम्पदा क्षेत्रका रुपमा विकास गर्ने, बुटवल, सैनामैना, तिलोत्तमा, देवदह, सिद्धार्थनगर, शुद्धोधन, तिनाउलगायत छिमेकी पालिकाको एकीकृत विकासका लागि बुटवल–भैरहवा विकास प्राधिकरण स्थापनाका लागि समन्वय एवं पहल गरिने छ ।

सिद्धार्थ राजमार्गअन्तर्गत चौराहा चिडियाखोला सडकखण्डको धुलोधुँवा नियन्त्रण गर्दै तत्काल कालोपत्रे गर्ने, तिनाउ–दानव कोरिडोर निर्माण कार्यलाई अघि बढाउन पीडित नागरिकका लागि बुटवल उपमहानगरभित्र जग्गा व्यवस्था गरी सङ्घ र प्रदेश सरकारको सहयोगमा क्षतिपूर्तिसहित पुनः स्थापना गर्ने योजना पनि सङ्कल्प पत्रमा उल्लेख गरिएको छ ।

शैक्षिक क्षेत्रलाई राजनीतिक प्रभावमुक्त बनाइ कक्षा १२ सम्मको शिक्षा निःशुल्करुपमा उपलब्ध गराउने व्यवस्था मिलाइने, आदि मानव रामापिथेकस, मणिमुकुन्द सेन, जीतगढी किल्लालगायत विशिष्ट एवं ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेका विषयवस्तुलाई समेटेर स्थानीय पाठ्यक्रम तयार गरी लागू गरिने सङ्कल्प गठबन्धनको छ ।

एक वडा एक प्रहरी चौकीको अवधारणा अन्तर्गत प्रहरी चौकीको आवश्यक विस्तार गर्ने, साइकल मैत्री सहर निर्माणका लागि डेडिकेटेड साइकल लेनको व्यवस्था गर्ने, साना तथा स्थानीय उत्पादन प्रवर्द्धन गर्ने व्यापार व्यवसायमा लगाइएको कर घटाइने र प्रत्येक वडामा एक बहुउद्देश्यीय कवर्डहल र सामुदायिक ब्यायामशाला निर्माण गरिने सङ्कल्प पत्रमा उल्लेख छ ।

‘सुकुम्वासी तथा अव्यवस्थित बसोबास गरिरहेका नागरिकलाई एक वर्षभित्र अल्पकालीन बसोबास प्रमाणपूर्जा र दीर्घकालीन रुपमा राष्ट्रिय भूमि आयोगसँग समन्वय गरी जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराइने छ’, सङ्कल्प पत्रमा भनिएको छ ।

यसरी बुटवल उपमहानगरपालिकाभित्र रहेका १४ देखि १९ वडासम्मका मोतीपुर/सेमलार क्षेत्रलाई कृषि जोनका रुपमा विकास गर्ने र सुविधा सम्पन्न चिस्यान केन्द्र स्थापना गर्ने सङ्कल्प पाँच दलीय गठबन्धनको छ ।

प्रतिक्रिया दिनुहोस