१० जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्याद नाघेको किट अस्पतालद्वारा फिर्ता, अस्पताल भन्छ : स्वास्थ्य कार्यालयले सामान नै दिँदैन

अ+ अ-

भक्तपुर । कोभिड–१९ का शङ्कास्पद र आकस्मिक उपचार तथा शल्यक्रिया गर्नुपर्ने बिरामीका लागि कोरोना परीक्षण गर्ने एन्टिजेन किट जनस्वास्थ्य कार्यालय भक्तपुरमा फिर्ता गरिएको छ ।

सरकारले निःशुल्क परीक्षणका लागि पठाएको उक्त किट स्वास्थ्य कार्यालयले डम्पिङ गरेर राखी म्याद सकिन लागेपछि मात्रै भक्तपुर अस्पताललाई पठाएको भन्दै अस्पतालले कार्यालयलाई किट फिर्ता पठाएको छ ।

कोरोना बिरामीको उपचार गर्दै आएको यहाँको सरकारी ‘भक्तपुर अस्पताल’लाई सरकारले उपलब्ध गराउनुपर्ने किटलगायत विभिन्न स्वास्थ्य सामग्री स्वास्थ्य कार्यालयले नदिएपछि अस्पतालले वाग्मती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयसँग ल्याएर थेग्नुपरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले बताइन् ।

जनस्वास्थ्यले अस्पताललाई एन्टिजेन परीक्षणका लागि आवश्यक किट नदिँदा कतिपय अवस्थामा बाध्य भएर अस्पतालले किट खरिद गरेर ल्याउनुपरेको उनको भनाइ छ । उनले रु दुई हजार पर्ने किट अस्पतालले लक्षण नभएका र निजी प्रयोजनका लागि आउनेसँग रु एक हजार शुल्कमा एन्टिजेन परीक्षण गर्दै आएको बताइन् । अस्पतालले अहिलेसम्म पीसीआर किट वाग्मती प्रदेश सरकारको सहयोगमा र आकस्मिक अवस्थाको प्रयोजनका लागि एन्टिजेन परीक्षणका लागि किट खरिद गरेर ल्याउने गरेको छ ।

अस्पताललाई स्वास्थ्य कार्यालयले किट नै नदिने गरेको अस्पतालको गुनासो छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवालका अनुसार अस्पताललाई स्वास्थ्य कार्यालयले निःशुल्क किट उपलब्ध गराउनुपर्ने भए पनि विगतमा पटक पटक माग गर्दा नदिएपछि बाध्य भएर अस्पतालले किन्नु परेको हो ।

स्वास्थ्य कार्यालयले अस्पताललाई केही दिनअघि म्याद सकिन लागेको एन्टिजेन किट पठाएपछि अस्पतालले त्यस्ता किट फिर्ता गरिदिएको उनले बताइन्। अस्पतालका मेसु डा गौतमले कार्यालयले अत्यावश्यक यस्ता किट म्याद नै सकिने गरी डम्पिङ गरेर राख्न नहुने भन्दै स्वास्थ्य कार्यालयले अस्पतालसँग सरोकार नै नराख्ने गरेको गुनासो गरिन् ।

कार्यालयले अस्पतालमा सञ्चालनमा रहेको खोप केन्द्रका लागि पठाउनुपर्ने स्वास्थ्यकर्मीसमेत नपठाउँदा खोप केन्द्र नै प्रभावित भएको अस्पतालको गुनासो छ । आएका स्वास्थ्यकर्मी पनि १० देखि १२ बजेसम्म मात्रै खोप केन्द्रमा बसेर जाने गर्दा केन्द्रका लागि अस्पतालले अन्य सेवामा कार्यरतलाई खटाउनुपर्ने बाध्यता आएको अस्पतालको भनाइ छ ।

स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले कोरोनाको शङ्का लागेको व्यक्तिको वडा तहका हेल्थ पोस्टसम्ममा एन्टिजेन परीक्षण निःशुल्क गरिने बताउँदै निजी तथा सरकारी अस्पतालले पनि एन्टिजेन परीक्षण निःशुल्क गर्नुपर्ने बताए । मिजारले भने, ‘भक्तपुर अस्पताललाई किट पठाएका हौँ, मिति सकिन लागेको भनेर फिर्ता पठायो, त्यो मिति रहेसम्म कार्यालयले पठाएको किटको प्रयोग गरेको भए हुन्थ्यो ।’ अस्पतालले माग गरेर पठाए आवश्यक सामग्री पठाउने उनको भनाइ थियो ।

अस्पतालले कोरोना भाइरसका लक्षण देखिएका बिरामीको निःशुल्क र लक्षण नदेखिएका तथा विदेश जाने वा अन्य निजी प्रयोजनका लागि पीसीआर तथा एन्टिजेन परीक्षणमा आउने व्यक्तिहरुसँग भने सरकारले नै निर्धारण गरेको शुल्क लिने गरेको मेसु गौतमले बताइन्। अस्पतालले यहाँ आएका १४ हजार ८७६ को पीसीआर परीक्षण गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस