स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त


१० श्रावण २०७८, आइतबार


काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।

प्रधानमन्त्रीको देउवाले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी आफुसँगै रहने गरी श्रेष्ठलाई राज्यमन्त्रीमा नियुक्त  गरी मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले सोही दिन ५ सदस्यीय मन्त्रिमण्डल बनाएपनि त्यसपछि मन्त्रिपरिषद् विस्तार हुन नसकेको बेला आज एक राज्यमन्त्री थप गरिएको हो।

योसँगै मन्त्रिपरिषदको संख्या ६ सदस्यीय भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस