पछिल्लो २४ घण्टामा २१६९ जनामा कोरोना संक्रमण पुष्टि, २२ को मृत्यु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पछिल्लो २४ घण्टामा २१६९ जनामा कोरोना संक्रमण पुष्टि, २२ को मृत्यु


२६ असार २०७८, शनिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप २१६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १० हजार ४१७ जनामा कोरोना परीक्षण भएकामा २१६९ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै सोही अवधिमा कोरोना भाइरस संक्रमणबाट २२ जनाले ज्यान गुमाएका छन् । यस्तै हालसम्म मृतकको संख्या ९ हजार ३६२ पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा १४३२ जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना निको हुनेको संख्या ६ लाख १६ हजार ३६१ पुगेको छ भने संक्रमितको कुल संख्या ६ लाख ५४ हजार २१२ (पीसीआर) र ४३ हजार ४५ (एन्टिजेन) पुगेको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस