२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जोरबिजोर हट्यो, यी क्षेत्र अझै निषेध

अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकामा निजी तथा सार्वजनिक सबै यातायात सञ्चालन हुने भएका छन् । आइतबार बसेको काठामाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निजी तथा सार्वजनिक साना ठूला सबै यातायातका साधन चल्न दिने र जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

यस अघि २५ भन्दा बढी सिट क्षमताका गाडी मात्रै चल्न दिने निर्णय गरेको थियो । तर सार्वजनिक यातायात व्यवसायीहरूले आन्दोलन गर्न थालेपछि साना ठुला सबै किसिमका यातायातका साधन चल्न दिने निर्णय गरिएको छ ।

सार्वजनिक यातायातमा सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाइने मास्क अनिवार्य प्रयोग गर्नुपर्ने, चालक सहचालकले मास्कका साथै भाइजर र पन्जा पनि लगाउनुपर्ने, ढोकामा स्यानिटाइजर राख्नुपर्ने नियमको पालना गर्नुपर्ने छ । साथै हरेक दिन सारी साधन निसंक्रमित गर्नुपर्ने छ ।

यस्तै सफा टेम्पो र निलो माइक्रोबसको हकमा तेर्सो सिटमा ४र४ जना र चालक छेउमा एक जना यात्रु राख्न पाइने छ । तर सवारी साधनको मध्य भागमा दुई तर्फका यात्रु छुट्याउने गरी प्लास्टिकको छेकबार लगाउनुपर्ने मापदण्ड तोकिएको छ ।

यसैगरी उपत्यकामा अब सबै पसल साँझ ६ बजेसम्म खुला गर्न पाइनेछ । तर व्यवसाय सञ्चालन गर्दा दुई मिटरको भौतिक दुरी, स्यानिटाइजर, स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ ।

यसअघि दूध फलफूल, खाद्यान्नबाहेकका पसलहरू बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म मात्र खुला गर्न पाइने व्यवस्था थियो । औषधि र स्वास्थ्य सामाग्रीसम्बन्धी पसल भने जुनसुकै समयमा सञ्चालन गर्न पाइनेछ ।

यी क्षेत्रमा अझै निषेधाज्ञा
सबै प्रकारका सभा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, दोहोरी, नाचघर, क्लब, मनोरञ्जन स्थल, ब्युटी पार्लर, फुटसल, जिमखाना, पुस्तकालय, चिडियाखाना, रङ्गशालामा हुने दर्शकसहितको खेलकुद र भिडभाड हुने कार्यक्रम गर्न पाइने छैन ।

खुला स्थानमा मानिस भेला हुने, सभा जुलुस गर्न, महोत्सव, जात्रा, भोज भतेर गर्न पनि रोक लगाइएको छ । विवाह व्रतबन्ध तथा सामूहिक रूपमा गरिने सांस्कृतिक कार्यहरू होटेल तथा पार्टी प्यालेसमा गर्न पाइने छैन ।

यस्तै नित्य पूजाबाहेकका धार्मिक तथा सांस्कृतिक गतिविधि, शैक्षिक संस्थानहरूमा भौतिक उपस्थितिमा पठनपाठन र स्थानीय ढुवानी बिहान ९ देखि ११ तथा अपराह्न ४ देखि ७ बजेसम्म गर्नसमेत स्थानीय प्रशासनले रोक लगाएको छ ।

निषेधाज्ञाको समय भने असार ३१ गतेसम्म थप गरिएको छ ।

वैशाख १६ देखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा लगाइएको छ । क्रमिकरुपमा कोरोना सङ्क्रमणको जोखिम न्यून हुने क्रम सँगै निषेधाज्ञा पनि खुकुलो हुँदै गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस