२४ घण्टामा थप २०१६ जनामा कोरोना संक्रमण पुष्टि, ३० जनाको मृत्यु, « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

२४ घण्टामा थप २०१६ जनामा कोरोना संक्रमण पुष्टि, ३० जनाको मृत्यु,


१२ असार २०७८, शनिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप २०१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९८१० जनाको स्वाब परीक्षण भएकामा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा ४९१४ जना संक्रमण मुक्त भएका छन् ।

यससँगै देशभर कोरोना संक्रमित हुनेको कुल संख्या ६ लाख ३२ हजार ३२६ जना पुगेको छ । यस्तै निको हुनेको संख्या ५ लाख ८१ हजार ३२७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ३० जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोनाबाट कुल ८ हजार ९७५ जनाले ज्यान गुमाएका छन्

 

Tags :
प्रतिक्रिया दिनुहोस