सिन्धुपाल्चोक बाढी : अहिलेसम्म ७ जना बेपत्ता, उद्धारका लागि हेलिकप्टर परिचालन « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

सिन्धुपाल्चोक बाढी : अहिलेसम्म ७ जना बेपत्ता, उद्धारका लागि हेलिकप्टर परिचालन


२ असार २०७८, बुधबार


काठमाडौँ । मङ्गलवार साँझ सिन्धुपाल्चोकस्थित मेलम्ची नदीमा आएको बाढीले ७ जना बेपत्ता भएका छन् । प्रहरी र स्थानीयले अहिलेसम्म ७ जना बेपत्ता भएको पुष्टि गरेका छन् ।

मङ्गलवार रातिको बाढीले सिन्धुपाल्चोकको मेलम्चीमा ठूलो क्षति पुर्‍याएको छ ।

प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार अहिलेसम्म क्षतिको विवरण कति भयो भन्ने औपचारिक जानकारी आइसकेको छैन । उनले भने,‘स्थानीयले भने अनुसार एक जनाको शव भेटिएको छ, दुई वटा पक्की पुल बगेका छन्, मेलम्ची बजारमा भौतिक संरचनामा क्षति भएको छ, रातिदेखि नै उद्धारका लागि प्रहरीको टोली परिचालन भएको छ, धनजनको क्षति कति भयो भन्ने जानकारी औपचारिकरुपमा आएको छैन।’

हेलम्बु गाउँपालि वडा नम्बर १ मा ७ जना र वडा नम्बर २ मा ४ जना सम्पर्कविहीन भएको स्थानीयको भनाइ छ ।

सिन्धुपाल्चोक बजारमा घरका छतहरूमा मानिसहरू फसेकाले उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ । नेपाल प्रहरी, नेपाली सेना, स्थानीय जनप्रतिनिधि उद्धारमा खटिएका छन् ।

बाढीकाे अवस्था अझै पनि भयावह नै रहेको प्रहरीले जानकारी दिएको छ । बाढी आउने क्रम रोकिएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस