१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हेटौँडामा प्रहरीद्वारा थप कडाइ

अ+ अ-

वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडामा जारी निषेधाज्ञाको अवधिमा भीडभाड बढेपछि प्रहरीले थप कडाइ गर्न थालेको छ ।

स्थानीय प्रशासनले बिहानको समयमा उपभोग्य वस्तु (खाद्यान्न, पानी, दूध, माछा, मासु, अण्डा, फलफूल तथा तरकारी) बिक्री गर्न अनुमित दिएसँगै बिहानको समय हेटौँडा बजारमा भीडभाड देखिएपछि प्रहरीले थप कडाइ गर्न थालेको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरको कोभिड–१९ सङ्कट व्यवस्थापनले बजार निषेधाज्ञामा बजार क्षेत्र भीडभाड नहोस् भन्दै उपभोग्य वस्तु बिहान ४ः०० देखि ९ः०० बजेसम्म बिक्री वितरण गर्न अनुमति दिएपछि बजार क्षेत्रमा भने अत्यधिक भीड हुने गरेको छ ।

विशेषगरी हेटौँडा बजारको बुद्धचोक, उद्योग वाणिज्य सङ्घ क्षेत्र, कान्तिराजपथ, सीमाचोक, शीतलमहलचोक, सोनोपोखरा चोक, सङ्गमचोक, स्कुलरोडलगायत स्थानमा अत्यधिक भीड देखिएको हो । बजार क्षेत्रमा निजी सवारी साधनको पनि भीडभाड देखिएपछि प्रशासनले निषेधाज्ञा पालना गराउन व्यापक प्रहरी परिचालन गरेको छ ।

बजार क्षेत्रमा भीडभाड बढेसँगै कोरोना सङ्क्रमणको जोखिम पनि बढेको हो । मकवानपुरमा कोरोना सङ्क्रमण हुनेको सङ्ख्या घट्दै र सङ्क्रमण निको हुनेको सङ्ख्या बढ्दै गएको छ । जिल्लामा हालसम्म नौ हजार ११९ जनामा कोरोना पुष्टि हुँदा छ हजार ८४१ जना सङ्क्रमणमुक्त अर्थात् निको भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस