कर्णालीमा कोरोना सङ्क्रमण दर घट्दै « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

कर्णालीमा कोरोना सङ्क्रमण दर घट्दै


१० जेष्ठ २०७८, सोमबार


कर्णाली ब्युरो । कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणदर घट्दै गएको छ । कोरोनाको नयाँ भेरिअन्ट देशभर वृद्धि भइरहे पनि कर्णाली प्रदेशमा भने घट्दै गइरहेको छ ।

गत वैशाख २६ मा कोरोना सङ्क्रमण दर कुल परीक्षणको ८१ प्रतिशत रहेकोमा आइतबार घटेर ३१ प्रतिशतमा झरेको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालय , सुर्खेतले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

स्वास्थ्य सेवा निर्देशनालय, सुर्खेतका अनुसार पछिल्लो २४ घण्टामा ५ सय १० जना कोभिड सङ्क्रमित निको भई घर फर्किसकेका छन् । १० जनाको मृत्यु भएको छ । ६२ जना आइसियु र १० जना भेन्टिलेटरमा छन् ।

नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना भाइरस फैलिएसँगै कर्णालीमा अधिक मृत्यु सङ्ख्या प्रतिदिन १३ सम्म पुगेको छ । दैलेख, जुम्ला र रुकमपश्चिमसहित तीन वटा जिल्लामा जनशक्ति व्यवस्थापन गरी कोभिड परीक्षण दर बढाउन सके, कर्णाली प्रदेशमा कोभिड छिटै नियन्त्रण हुने कर्णाली प्रदेश, स्वास्थ्य सेवा निर्देशनालय, सुर्खेतका प्रमुख डा. रविन खड्काले प्रशासन नेपाललाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस