काठमाडौँ । संसद् विघटनविरुद्ध १४९ सांसद आइतबार सर्वोच्च जाने भएका छन् । संसद विघटन गरि मध्यावधि चुनावमा जाने राष्ट्रपति र प्रधानमन्त्रीको कदम विरुद्ध विपक्षी पाँच दलका नेताहरु आइतबार सर्वोच्च अदालत जाने भएका हुन्।
आज बसेको विपक्षी गठबन्धनको बैठकले संसद विघटनको सशक्त प्रतिवाद गर्ने निर्णय गर्दै यस्तो निर्णय गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर राष्ट्रपतिले असंवैधानिक रुपमा संसद विघटन गरेको भन्दै विपक्षी गठबन्धनको दाबी छ ।