बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश प्रमुखको कार्यालयमा विपक्षी गठबन्धनले नाराबाजी गरेर धर्ना दिएपछि मुख्यमन्त्री कार्यालयमा शपथग्रहण गराइएको हो ।
प्रदेश प्रमुख धर्मनाथ यादव शपथग्रहण गराउन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गएका थिए ।
पोखरेलले आइतबार बिहान राजीनामा दिई,बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा सरकार गठनका लागि ४१ सांसदको हस्ताक्षर बुझाएका थिए । सोही बमोजिम प्रदेश प्रमुखले पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।