विद्यालय खोल्ने निजी विद्यालयका सञ्चालकसहित ११ शिक्षक पक्राउ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

विद्यालय खोल्ने निजी विद्यालयका सञ्चालकसहित ११ शिक्षक पक्राउ


१३ बैशाख २०७८, सोमबार


काठमाडौँ । सप्तरीका आठवटा निजी विद्यालयका सञ्चालकसहित ११ जना शिक्षक पक्राउ परेका छन्।

सोमबार बिहान नियन्त्रणमा लिइएको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जानकारी दिए।

प्रजिअ पोखरेलले भने, ‘सरकारले सदरमुकामका निजी तथा सामुदायिक स्कुलहरू बन्द गर्ने निर्णय गरेको थियो, ती नियम उल्लंघन गरेर स्कुल सञ्चालन गरिएको पाइएपछि आठवटा स्कुलका सञ्चालकसहित ११ जना पक्राउ गरिएको हो।’

पक्राउ परेकाहरुलाई के कस्तो कारबाही गर्ने भन्ने बारे छलफल चलिरहेको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस