काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसँगै भारतको महाराष्ट्रमा सामाजिक गतिविधिमा कडाइको नियम ल्याइएको छ ।
महाराष्ट्रको सरकारले थिएटर तथा फिल्म हलमा ५० प्रतिशत मानिसहरुमात्र सहभागी हुन पाउने बताएको छ । सार्वजनिक स्थानमा सबैलाई मास्क अनिवार्य, बगैंचामा तापक्रम मापन नगरी जान नपाउने व्यवस्थासँगै अहिले ल्याइएको नयाँ नियम ३१ मार्चसम्म लागू हुने भएको छ ।
महाराष्ट्रको सरकारले सार्वजनिक क्षेत्रमा भेला हुन पनि रोक लगाइएको छ । स्वास्थ्य तथा अत्यावश्यक सेवाबाहेक सबै निजी कार्यालयमा मार्च ३१ सम्म कर्मचारीको संख्या पनि आधा घटाइनेसमेत भएको छ । सिनेमा हल, होटल र कार्यालयमा पनि मानिसहरुले मास्क लगाउने र भौतिक दुरीको नियम अनिवार्यरुपमा पालना हुनुपर्ने महाराष्ट्रको सरकारले बताएको छ । यो प्रतिबन्ध सपिङ मलमा पनि लागू हुनेछ ।