२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लागुऔषध दुव्र्यसनीविरुद्ध अभियान

अ+ अ-

खलङ्गा । जिल्ला प्रहरी कार्यालय जुम्लाले लागुऔषध तथा दुव्र्यसनीविरुद्ध सचेतना अभियान थालेको छ । लागुऔषध सेवनका कारण कुनै पनि युवाको भविष्य नबिग्रियोस् भन्नका लागि प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत सचेतना अभियान थालेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी युवनकुमार चौधरीले जानकारी दिए ।

उनले भने, ‘प्रहरीको अभियानमा जिल्ला प्रशासन कार्यालय, उच्च सरकारी वकिल कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयको साथ छ । कार्यालयले समुदायमा सरकारी वकिल कार्यक्रम लिएर लागुऔषधविरुद्ध अभियानसँगै कानूनी ज्ञान प्रदान गरेका छन् ।’ प्रहरीले विद्यालय, ट्युशन सेन्टर, समुदाय, टोल र बस्तीसम्मै पुगेर सचेतना गर्न थालेपछि यहाँका स्थानीयवासीमा उत्साहित भएको सूचना अधिकारी चौधरीले बताए ।

सरकारी वकिल कार्यालयले कानूनी ज्ञानसमेत दिएको सूचना अधिकारी चौधरीले भने, ‘प्रहरी कार्यालय लागुऔषध दुव्र्यसनी, यसले स्वास्थ्य र समाजमा पार्ने नकारात्मक असरबारे सचेत बनाउँछ । सरकारी वकिल कार्यालयले कानूनी ज्ञान दिन्छ । कानूनी ज्ञान र सचेतनासँगसँगै अघि बढाउँदा यो अभियान प्रभावकारी बनेको छ ।’

सरकारी वकिलले मुलुकी अपराध संहिता २०७४ मा व्यवस्था भएका नयाँ कानूनी प्रावधान र जबर्जस्ती करणी कसुरका विषयमा प्रस्तुतिकरण गर्नुका साथै एकापसमा सवाल जवाफका माध्यमबाट विषयमाथि प्रष्ट पार्ने गरेको सूचना अधिकारी चौधरीले बताए ।

जिल्लामा पछिल्लो समयमा लागुऔषध दुव्र्यसनीका क्रियाकलाप बढिरहेकाले सबै मिलेर लागुऔषधविरुद्ध अभियानमा लाग्न जिल्लावासीलाई अनुरोध गरेको प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले बताए । ‘सभ्य र असल समाज निर्माण गर्न सबैको सहभागिता अनिवार्य छ’, प्रनाउ थापाले भने, ‘सरकारी वकिल कार्यालयका निमित्त जिल्ला न्यायाधिवक्ता श्यामहरि अधिकारीले मुलुकी अपराध संहिता २०७४ मा व्यवस्था भएको नयाँ कानूनी प्रावधान तथा जबर्जस्ती करणी कसुरबारे स्पष्ट पारेका छन् । स्पष्ट कानूनी ज्ञान नहुँदा अहिले आपराधिक क्रियाकलाप बढेको हो ।’

विद्यार्थी, शिक्षकबीचमा सवालजवाफ गरेर स्पष्ट पार्ने प्रयास भएको छ । विद्यार्थी भविष्यका कर्णधार हुन् । देश निर्माण गर्ने कुशल जनशक्तिलाई लागुऔषध दुव्र्यसनीबाट टाढा गर्न गाउँबस्ती टोलमा लागुऔषधविरुद्धको अभियानमा सबै पक्षबाट साथ मिले अन्त्य गर्न सकिने प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए । प्राविधिक शिक्षालयका प्रिन्सिपल टेकेन्द्र थापाले लागुऔषधविरुद्ध सचेतना र कानूनी ज्ञानका विषयमा सचेतना फैलाउने काम निकै उदाहरणीय रहेको बताए ।

सदरमुकाम खलङ्गामा रहेको कर्णाली प्राविधिक शिक्षालयमा कार्यरत शिक्षक, शिक्षिका र विद्यार्थी तथा चन्दननाथ नगरपालिका–३ का जनप्रतिनिधिलाई समेत सचेतना दिइएको प्रहरी कार्यालयले जनाएको छ । यसअघि उच्च मावि, निमावि र पालिकास्तरमा सचेतनाका क्रियाकलाप भएका थियो ।

प्रतिक्रिया दिनुहोस