४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णाली करिडोर निर्माण अन्तिम चरणमा

अ+ अ-

काठमाडौँ । कर्णाली करिडाेर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

कर्णालीको जनतालाई यातायातको पहुँच पुर्‍याउने कर्णाली कोरिडोर(खुलालु–लैफु–सरिसल्ला) निर्माण काम अन्तिम चरणमा पुगेको प्रधानमन्त्रीका विकास विज्ञ गजेन्द्र थपलियाले जनाएका छन् ।

थपलियाका अनुसार राष्ट्रिय राजमार्गमा नजोडिएको हुम्ला जिल्लाका करिब ४० प्रतिशत जनता यस सडकबाट लाभान्वित हुनेछन् ।

‘हुम्लाको सर्केघाट, अदानचुली,ताजाकोट गाउँपालिका बाजुराको हिमाली, जगन्नाथ गाउँपालिका बुढिनन्दा नगरपालिका कालिकोटको पचलझरना,सान्नि त्रिवेणी, नरहरिनाथ, कालिका गाउँपालिका रासकोट न।पा।सँग यस सडक जोडिएको छ’ थपलियाले भनेका छन् ‘यस सडकबाट हुम्लाको चंखेली गाउँपालिका मुगुको सोरू, खत्याड गाउँपालिका बाजुराको स्वामी कार्तिक गाउँपालिका कालिकोटको पताला गाउँपालिका खाँडाचक्र नगरपालिकाका जनता पनि लाभान्वित हुनेछन्।’

निर्माण क्षेत्रको स्थलगत भ्रमण पछि उनले भनेका छन् ‘नेपाली सेनाले ट्र्याक खनेर अन्तिम चरणमा पुगेको १२२ किलोमिटर ७५ मिटर खुलालु देखि सरिसल्लासम्म उच्चस्तरीय स्थलगत भ्रमण गर्ने पहिलो व्यक्ति हुन पाउँदा निकै गौरवको अनुभूति गरेको छु र अझै धेरै गर्नुपर्ने छ भन्ने महसुस गरेको छु।’

कर्णाली प्रदेशको ९ दिनमा ९ जिल्लाको भ्रमणबाट धेरै कुरा सिकेको बताउँदै उनले प्रधानमन्त्रीको समृद्ध नेपाल बनाउने काममा सहयोगीका रूपमा दुर्गम ठाउँहरूको विकासमा र देशभरका जनताको अनुहारमा खुसी ल्याउने काममा सधैँ लागिरहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

‘यो कठिन र जटिल भूभागमा काम गर्ने नेपाली सेना र सम्पूर्ण कामदार प्रति नतमस्तक छु’ उनले भनेका छन् ‘यात्राको क्रममा प्रत्यक्ष र अप्रत्यक्ष सहभागिता जनाउनुहुने र सहयोग गर्नुहुने सम्पूर्ण व्यक्तित्वमा हार्दिक आभार व्यक्त गर्दछु ।’

पछिल्लो समय प्रधानमन्त्रीका विकास विज्ञ थपलियाकै सक्रियतामा उपत्यकाको सडक सुधार तथा विस्तार कार्यले तीव्रता पाएको थियो । ठुला विकास आयोजनाहरूको निरन्तरको अनुगमन तथा सम्बन्धित निकायलाई गरेको सहजीकरणले निर्माण कार्य तीव्र रूपमा अघि बढी रहेको छ ।

प्रतिक्रिया दिनुहोस