काठमाडौँ । पछिल्लो २४ घण्टामा १२० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ८३ कोरोना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म दुई लाख ७४ हजार छ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप ८३ जना कोरोना संक्रमणमुक्त भएसँगै नेपालमा हालसम्म कोरोना मुक्त हुनेको संख्या दुई लाख ७० हजार ७ सय ६६ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन ।