काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत २४ घन्टामा ३ हजार ८४ नमुनाको पीसीआर परीक्षण गरिएकोमा २७० जनामा कोरोना भाइरस संक्रमण देखिएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६६ हजार ८१६ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ३९० जना कोरोना संक्रमित संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६० हजार ५६७ पुगेको छ।
यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ४८ पुगेको छ।
देशभर ४ हजार ३ सय १ सक्रिय संक्रमित रहेका छन्।