३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिला राष्ट्रिय फुटबल लिग माघ पहिलो सातादेखि

अ+ अ-

काठमाडौँ । महिला राष्ट्रिय फुटबल लिग आगामी माघ ७ गतेदेखि सञ्चालन हुनेभएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रवक्ता किरण राईका अनुसार महिला लिग एक महिनासम्म मात्र सञ्चालन हुनेछ ।

यसअघि एन्फाले उक्त लिग ६ महिनासम्म सञ्चालन गर्ने जनाएको थियो । कोरोना भाइरसको महामारीका कारण यस वर्ष महिला लिग ढिला सञ्चालन हुन लागेको राईले बताए । कोरोनाको जोखिमका कारण लिग लामो समयसम्म सञ्चालन गर्न नसकिएको उनले उल्लेख गरे ।

आगामी फागुन ७ गतेसम्म सञ्चालन हुने उक्त लिगमा कूल ४२ खेल खेलाइनेछ । उक्त लिगमा सात टोलीको सहभागिता रहने प्रवक्ता राईले जानकारी दिए । नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल प्रहरीको पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा चार नगरस्तरीय टोलीले लिगमा प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ । अर्को वर्ष महिला लिग सञ्चालन गर्न समय अपुग हुने भएकाले यस वर्षको लिगको समय घटाइएको हो । महिला लिगको विजेताले रु १५ लाख पुरस्कार प्राप्त गर्नेछ । उक्त लिग त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला र ललितपुरको सातदोबाटोस्थित एन्फा कम्पलेक्समा हुनेछ ।

एन्फाले स्थगित भएको विसं २०७६ को शहीद स्मारक ‘सी’ डिभिजन लिग आगामी चैत १ गतेदेखि सञ्चालन गर्ने यसअघि नै घोषणा गरिसकेको छ । उक्त लिग कोरोनाका कारण गत वर्ष चैतमा स्थगित भएको थियो । सी डिभिजन लिगको तयारी गर्न एन्फाले प्रत्येक क्लबलाई रु ९ लाख सहयोग गर्ने घोषणा गरेको छ ।

यसअघि लिग तयारीका लागि प्रत्येक क्लबलाई एन्फाले रु ७ लाख आर्थिक सहयोग गर्दै आएको थियो । यस्तै एन्फाले विसं २०७६ मा कोरोनाका कारण स्थगित गरिएको शहीद स्मारक बी डिभिजन लिग पनि आगामी फागुन ११ गतेदेखि पुनःसञ्चालन गर्ने निर्णय गरेको छ । यी सबै लिग सञ्चालनका क्रममा स्वास्थ्य मापदण्डको पालना गरिनुका साथै सबै खेलाडीको कोरोना परीक्षण गरिने एन्फाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस