काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)को केन्द्रीय कमिटीले कार्की ब्याङ्क्वेटमा बृहत कार्यकर्ता भेलाको आयोजना गरेको छ ।
भेलालाई प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् ।
कार्यक्रम मध्यान्ह १२ बजे सुरु गरिने छ । अध्यक्ष ओलीलगायत अन्य उच्च नेतालेपनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । माइतीघर मण्डलामा भेला भई कार्की ब्याङकेट जाने कार्यक्रम रहेको संगठनले जनाएको छ।