काठमाडौँ । प्रहरीले भ्याली कोल्ड स्टोरका मालिकलाई अपहरण गरी फरार रहेका एक जनालाई पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सर्लाहीका सोलेकुमार भन्ने दुर्गाबहादुर बुढाथोकीलाई पक्राउ गरेको हो।
उनीमाथि भ्याली कोल्ड स्टोरका मालिक बाबुराजा रावलको अपहरणमा संलग्न रहेको आरोप छ। बुढाथोकीको समूहले रावललाई २०६५ सालमा अपहरण गरेको सिआइबीले जनाएको छ।
अपहरणपछि फरार रहेका बुढाथोकी मंगलबार भारत९नेपाल सीमाबाट पक्राउ गरेको हो । उनीहरूले रावललाई अपहरण गरी एक करोड ५० लाख रुपैयाँ लिएका थिए।
रावलको अपहरण गरेर फरार भएका उनी कारागारमा रहेका उदय सेट्टी र अमर टण्डनकै समूहका मान्छे हुन्।
अपहरण गर्ने समूहका पाँच जना जेलमा छन्। त्यस घटनामा अहिलेसम्म ६ जना संलग्न रहेको बुझिएको छ।
बुढाथोकीले ६०–६१ सालमा महानगरीय प्रहरी वृत्त, महाराजगन्जबाट हिरासत तोडेर भागेको थिए ।