काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) सैक्रमणका कारण कैलालीमा थप एकजनाको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका-७ की ७२ वर्षीया कोरोना संक्रमित महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।
२९ कात्तिकमा सेती प्रादेशिक अस्पतालमा भर्ना भएकी उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा शुक्रबार बिहान उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए ।