२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज खुलेपनि आएनन् पर्यटक

अ+ अ-

महेन्द्रनगर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अवलोकनका लागि खुले पनि पर्यटक आएका छैनन् ।

विगतका वर्षमा चाडपर्वका बेला आन्तरिक तथा वाह्य पर्यटकले भरिभराउ हुने गरे पनि कोभिड–१९ को त्रासले यतिबेला पर्यटक नआउँदा निकुञ्ज सुनसान भएको छ ।

विगतका वर्षमा चाडपर्वको यो मौसममा जङ्गलसफारीका लागि उल्लेखनीय रुपमा पर्यटक आउने गरे पनि यतिबेला कहिलेकाहीं जिल्लाभित्रका दुई चार जना पर्यटक मात्र आउने गरेको निकुञ्जले जनाएको छ ।

तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा निकुञ्जमा धेरै पाटे बाघ, विश्वमै दुर्लभ बाह्रसिङ्गाको विशाल झुण्ड, दुर्लभ एकसिंगे गैँडा र हात्तीको लस्कर अवलोकन गर्न सकिन्छ । त्यतिमात्र नभई ३०० भन्दा बढी प्रजातिका चराचुरुङ्गी, सीमसार क्षेत्र र ऐतिहासिक स्थल पनि निकुञ्जभित्र अवलोकन गर्न सकिन्छ ।

फागुनदेखि जेठ मसान्तसम्म निकुञ्ज घुम्ने उपयुक्त समय भएपनि कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत महिनादेखि लागू गरिएको लकडाउनले गर्दा निकुञ्ज सुनसान बन्नुका साथै आर्थिक नोक्सानी व्यहोर्नु परेको छ । निकुञ्जले कात्तिक १ गतेदेखि स्वास्थ्य सुरक्षाका मापदण्ड पुर्‍याएर जङ्गल सफारी गर्न सकिने भन्दै सूचना प्रकाशित गरेको थियो । सामाजिक दूरी कामय राख्दै मास्क र सेनिटाइजरको प्रयोग समेत गर्नुपर्ने निकुञ्जले जनाएको छ ।

जङ्गल सफारी र वाक सफारी खुला गरिएपनि हात्ती सफारी, फिसिङ, ¥याप्टिङ र क्याम्पिङलगायत गतिविधिमा भने रोक लगाइएको छ । १७ वटा एकसिङ्गे गैँडा, १६ वटा पाटे बाघ, मुलुककै सबैभन्दा ठूलो घासे मैदान, जैविक विविधताले भरिपूर्ण दर्जनबढी तालतलैया र सयौं प्रजातिका चराचुरुङ्गी अवलोकन गर्न पाइने शुक्लाफाँटामा पछिल्ला वर्षहरुमा पर्यटक आवमन बढिरहेको तथ्याङ्कले देखाएको छ ।

‘बन्दाबन्दीपछि निकुञ्जमा सफारी खुला गर्दा पनि पर्यटकहरु त्यतिधेरै घुम्न आएको देखिएन्’, निकुञ्जका रेञ्जर दीपक चौधरीले भने, ‘निकुञ्ज खुला गरिएपनि आगन्तुकलाई स्वास्थ्य सुरक्षा मापदढड अपनाएर मात्र घुम्न भनेका छौं ।’ उनले कात्तिक एक गतेदेखि मङ्गलबारसम्म निकुञ्जमा १०३ जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस