९ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारको मुख नताकौँ, कोभिड व्यवस्थापनमा आफैँ जुटौँ : गोपालमान श्रेष्ठ

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सङ्गठन विभाग प्रमुख गोपालमान श्रेष्ठले कोरोना महामारीको सङ्कटका बेला सरकारको मुख ताक्नु भन्दा पनि आफै व्यवस्थापनमा जुट्न उचित हुने बताएका छन् ।

श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै यस्तो महासङ्कटका बेला सरकार केही पनि गर्न सक्ने अवस्थामा नरहेको भन्दै तत्काल कोभिड व्यवस्थापनमा जुट्न काँग्रेसका कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

‘कोभिड १९ को महामारीले निम्त्याएको वर्तमान महासङ्कट र यसको कारणले भविष्यमा निम्त्याउने भयानक परिस्थिति र चुनौती अझ भयावह हुने निश्चित छ,’ विज्ञप्तिमा भनिएको छ,‘यस्तो परिस्थितिमा नेपाली काँग्रेस अत्यन्त चिन्तित र गम्भीर भएको छ । औषधि उपचार र अन्तर्राष्ट्रिय तवरबाट व्यवस्थापन हुने सम्भावना देखिएको छैन । त्यसै गरी पीसीआर परीक्षण, अक्सिजनको व्यवस्थापन र अस्पतालमा सामान्य उपचारसम्म पाउने अवस्था पनि दिन प्रतिदिन जटिल बन्दै गएको छ । अर्कोतिर अस्पतालका शैयाहरु खाली नभएको वर्तमान अवस्थाले गर्दा सामान्य व्यवस्थापन मात्रै गर्न सके रोग प्रतिरोधात्मक क्षमताले कोरोनामाथि विजय प्राप्त गर्न सम्भावना भएकाले हामीले तुरुन्त केही गर्न नसके भयानक स्थितिको सामना गर्नुपर्ने छ । राज्यले मेडिकल सङ्कटकालजस्तो अत्यन्तै संवेदनशील परिस्थितिको सामना गर्नुपर्ने देखिएको छ । पीसीआर परीक्षण जनता स्वयम्ले गर, असाध्यै गाह्रो नभईकन अस्पताल नजाऊ, मृत्यु भएमा आफैँ दाहसंस्कार गर, जस्ता गैर जिम्मेवार निर्देशन सरकारी पक्षबाट आउनु अत्यन्त दुखद र निन्दनीय छ । सरकारले पुरै हात उठाएको वर्तमान अवस्थामा जनताले राज्यको अस्तित्वको आभास गर्न छाडेका छन् । यो विषम परिस्थितिमा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले आफ्नो भूमिका बढाउनु अपरिहार्य छ ।’

नेता श्रेष्ठले नेपालको संविधानले स्वास्थ्य र शिक्षाप्रतिको आम नेपालीको हक सुनिश्चित गरेको बताउँदै राजनीति जनताको लागि भएको र जनताको हक अधिकारका लागि यति धेरै संघर्ष र युद्ध गरेको गौरवशाली इतिहास बोकेको नेपाली काँग्रेस र यसका नेता तथा कार्यकर्ताहरूले सरकारले गर्नुपर्ने दायित्व हो भनेर हात बाँधेर बस्नु आस्था, दर्शन र संस्कार विपरीत हुने बताए ।

उनले नेपाली काँग्रेसका मूल्य र मान्यतालाई आफ्नो आदर्श मान्ने हरेक तह तप्काका कार्यकर्ताले यो विषम् परिस्थितिमा तन, मन र धनले यथासम्भव सहयोग गर्नु अहिलेको राष्ट्रिय आवश्यकता भएको बताए ।

उनले देशका हरेक वडाका नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले नेपाली काँग्रेसको कोभिड व्यवस्थापन समितिसँग समन्वय गरी उक्त वडामा रहेको आवश्यक बजेटको समेत सदुपयोग गरी उपयुक्त स्थानमा कोभिड व्यवस्थापन क्याम्पको सञ्चालन गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

‘नेपाली काँग्रेसका वडाहरूका उम्मेदवार भएका हारे जितेका वडा अध्यक्षहरूको नेतृत्वमा एक समिति बनाइ उक्त समितिको रोहवरमा सञ्चालन हुने गरी बैङ्क खाता सञ्चालन गर्ने र सोसँग सम्बन्धित प्राप्त रकम र खर्चका विवरण नेपाली काँग्रेसको केन्द्रीय कोभिड व्यवस्थापन समितिलाई बुझाउने,’उनले भने,‘हरेक वडामा आपत्कालीन अवस्थामा सम्पर्क गर्न सकिने अधिकारीको नाम र सम्पर्क नम्बर सार्वजनिक गर्न र सो अधिकारीले कोभिड व्यवस्थापन क्याम्पमा आवश्यक प्रबन्ध मिलाउने कार्य गर्ने । यसै गरी केन्द्र पनि तत्काल प्लाज्मा बैङ्क तथा आपतकालीन कोभिड व्यवस्थापन गर्न सकिने अधिकारीहरू तथा विभिन्न हटलाइन नम्बरहरूको व्यवस्थापन गर्ने ।’

प्रतिक्रिया दिनुहोस