२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोल्टी र मार्तडी डिपोमा चामल पठाउने तयारी

अ+ अ-

बाजुरा । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बाजुराको मार्तडी बिक्री केन्द्रमा चामल बिक्री वितरण बन्द गरेको छ । मार्तडीमा चामल बिक्री बन्द गरेर २०० क्विन्टल चामल कोल्टी खाद्य डिपोमा पठाउन लागेको कम्पनीका बाजुरा शाखाका प्रमुख मेखराज ओझाले बताए ।

कोल्टी डिपोमा चामल सकिएपछि तत्कालका लागि मार्तडी बिक्री गर्न बन्द गरेर खच्चरमार्फत ढुवानी गरेर चामल पठाइएको प्रमुख ओझाको भनाइ छ । गत शुक्रबार र शनिबार गरी २४ क्विन्टल चामल पठाइसकेको र कोल्टीका लागि दुई हजार र मार्तडी डिपोका लागि एक हजार क्विन्टल बर्दियाको राजापुरबाट पठाउने तयारी भइरहेको छ ।

बाजुरामा साउन पहिलो सातादेखि खाद्यान्न सङ्कट शुरु भएको छ । उत्तरी क्षेत्रको कोल्टी डिपो र कवाडी डिपो चामल सकिएपछि खाद्य सङ्कट शुरु भएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताए । असार पहिलो साताबाट वर्षाका कारण साँफे—मार्तडी सडक खण्ड र स्थानीय सडक अबरुद्ध हुँदा खाद्यान्न ढुवानीमा समस्या पनि भएको छ । ठेकेदारले अनुमति पाएअनुसारको चामल ढुवानीनै नगरेपछि बाजुरा जिल्लाको उत्तरी क्षेत्रका बुढीनन्दा नगरपालिका, हिमाली, स्वामीकार्तिक खापर र जगन्नाथ गाउपालिकामा खाद्यान्न सङ्कट निम्तिएको दलित अगुवा जयलाल विकले बताए।

गत आर्थिक वर्ष कवाडी बिक्री केन्द्रमा तीन हजार ५०० क्विन्टल ढुवानी गर्ने अनुमति पाएको ठेकेदारले दुई हजार २०० क्विन्टल मात्र दुवानी गरेर बिक्री गरेको छ । बाँकी ठेकेदारलेनै ढुवानी नगरेपछि जेठ अन्तिम सातादेखि नै हिमाली गाउपालिकामा खान्न सङ्कट भएको हिमाली गाउपालिकाका अध्यक्ष गोविन्द मल्लको भनाइ छ । त्यस्तै कोल्टी डिपोको लागि सात हजार क्विन्टल ढुवानी अनुमति पाएकामा ठेकेदारले चार हजार ५०० क्विन्टलमात्र ढुवानी गरेको थियो, बाँकी दुई हजार ५०० क्विन्टल ढुवानी नै नगरेको कोल्टी खाद्यन्न डिपोका प्रमुख नवीनप्रसाद आचार्यले बताए ।

कोरोना भाइरसका कारण बाजुरामा लकडाउनले स्थानीय तहले पनि राहत वितरण गर्न खाद्य डिपोबाटै चामल खरीद गरेर लिए । “ठेकेदारले अनुमति पाएअनुसारको चामल ढुवानीनै नगरेकाले उत्तरी क्षेत्रका चार स्थानीय तहमा खाद्यान्न सङ्कट भएको हो”, डिपो प्रमुख आर्चायले भने, “दिनमा ५० देखि ६० जना चामल लिन आउछन् सबैलाई रित्तो हात फर्काउनु परेको छ ।”

मार्तडी डिपोमा पनि ७०० डिपो जति चामल छ । दैनिक एक सय क्विन्टल जति बिक्री गरेकाले बढीमा एक हप्तासम्मको लागि पुग्ने सक्ने कम्पनीले जनाएको छ । बजारमा पनि तीन÷चार महिना पहिले ढुवानी गरेको चामल, ग्यासलगायतको दैनिक उभोग्य सामानको मूल्य आकासिएको छ । बजारमा कालोबजारी पनि बढ्दै गएको सर्वसाधारण बताउँछन् ।

प्रतिक्रिया दिनुहोस