१० जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामान्य लक्षण देखिएका कोरोना सङ्क्रमित घरमै आइसोलेसनमा बस्न सक्ने

अ+ अ-

काठमाडौँ । सरकारले लक्षणविहीन र सामान्य लक्षण भएका कोरोना सङ्क्रमित घरमै आइसोलेसनमा बस्न मिल्ने गरी मापदण्ड जारी गरेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘कोभिड-१९ सङ्क्रमितहरूको आइसोलेसनसम्बन्धी स्वास्थ्य मापदण्ड २०७७’ जारी गर्दै यस्तो व्यवस्था ल्याएको हो।

मापदण्डको परिच्छेद(दुईको ११ मा सङ्क्रमणको कुनै लक्षण तथा चिन्हहरू नभएका र सामान्य लक्षण तथा चिन्हहरू भएका सङ्क्रमित व्यक्तिहरू आ–आफ्नै घरमा आइसोलेसनमा राख्न र बस्न सक्नेछन् भनिएको छ।

त्यसरी सङ्क्रमित घरमै बस्दा निजले पालना गर्नुपर्ने केही नियमहरू मन्त्रालयले सुझाएको छ। घरमा बस्दा प्रकाश आउने र हावा खेल्ने छुट्टै कोठामा बस्नुपर्ने भनिएको छ भने उपचार अवधिभरि बाहिर ननिस्कने र आवश्यक पर्ने सामग्रीहरू परिवारका सदस्यबाट मगाउनुपर्ने सुझाइएको छ। यस्तै सङ्क्रमितले प्रयोग गर्ने भाँडाहरू सफा गर्ने र राम्रोसँग सुकेपछि मात्र पुनः प्रयोग गर्न भनिएको छ।

घरमा सङ्क्रमितले छुट्टै स्नान घर र शौचालय प्रयोग गर्नुपर्ने र सामूहिक रूपमा प्रयोग गर्नुपर्ने अवस्था भएमा सङ्क्रमितले प्रयोग गरेपछि डिस्इन्फेक्ट गरेपश्चात् मात्र अन्यले प्रयोग गर्ने मापदण्डमा उल्लेख छ।

त्यस्तै घरमा ६० वर्षमाथिका सदस्य वा गर्भवती तथा सुत्केरी माहिला छन् भने पनि त्यस्ता व्यक्तिलाई सङ्क्रमितको सम्पर्कबाट टाढा राख्नुपर्ने भनिएको छ।

यस्तै सङ्क्रमितले दैनिक तीन पटक ज्वरो जाँच्ने र त्यसको विवरण राख्नुपर्ने हुन्छ। साथै परिवारका सदस्यले सङ्क्रमितको स्वास्थ्य अवस्थाबारे दिनको कम्तीमा दुई पटक सम्बन्धित स्वास्थ्यकर्मीलाई फोन वा मेसेज मार्फत जानकारी गराउनुपर्ने वा भर्चुअल विधि तथा स्वास्थ्य मन्त्रालयले विकास गरेको मोबाइल एप्लिकेशन मार्फत जानकारी गराउन भनिएको छ।

परिवारको सदस्यले सङ्क्रमित व्यक्तिमा श्वासप्रश्वासमा कठिनाइ भएमा, छाती दुखे वा भारी महसुस भएमा, ओठ तथा अनुहार निलो देखिएमा, होस हराएमा वा अन्य कुनै जटिल अवस्था देखिएमा तुरुन्त स्वास्थ्यकर्मीलाई जानकारी गर्नुपर्नेछ।

यसको लागि स्थानीय तहमा खटिएका स्वास्थ्यकर्मीहरूले सङ्क्रमित व्यक्तिहरूको नियमित स्वास्थ्य अवस्थाको विवरण राख्नुपर्ने भनिएको छ।

हरेक स्थानीय तहले घरमा रहेका सङ्क्रमितलाई हेरचाह गर्नको लागि ५० जना सङ्क्रमित बराबर एक जना स्वास्थ्यकर्मीको व्यवस्था गर्नुपर्ने छ।

प्रतिक्रिया दिनुहोस