८ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

षडयन्त्र भयो, नियन्त्रण गर्नुपर्ने हुनसक्छ : प्रधानमन्त्री

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्री र राज्यमन्त्रीहरूलाई बोलाएर राष्ट्रपति र आफू विरुद्ध षडयन्त्रहरू भइरहेको बताएका छन् ।

उनले विवाद चरम अवस्थामा पुगेको बताउँदै यस्तो बेलामा मन्त्रीहरूलाई तपाईँहरू कुन कित्तामा भनेर प्रश्न गर्नुपर्ने अवस्था आउन सक्ने समेत भनेको एक मन्त्रीले बताए

‘मेरा र राष्ट्रपतिका विरुद्ध भएका षडयन्त्रहरूलाई मैले बाई फोर्स, बाईस्टेप नियन्त्रण गर्नुपर्ने हुन सक्छ’ प्रधानमन्त्री ओलीको भनाई उद्धृत गर्दै ती मन्त्रीले भने, ‘यस्तो बेलामा तपाईँहरू कता भनेर मैले सोध्नु पर्ने अवस्था आएमा तपाईँहरूले आफ्नो साइड रोज्नुपर्ने हुनसक्छ ।’

पार्टीकै नेताहरूबाट राष्ट्रपतिविरुद्ध अविश्वास प्रस्ताव ल्याउने प्रयास भएकोले आफूले संसद् अधिवेशन अन्त्यको निर्णय गरेको समेत मन्त्रीहरूलाई जानकारी गराएको ती मन्त्रीको भनाई थियो ।

प्रधानमन्त्री ओलीले पार्टी एकता, राष्ट्रियता र कम्युनिस्ट आन्दोलन जोगाउनुपर्ने गम्भीर दायित्व काँधमा आएको बताउँदै त्यसमा आफूले पनि दायाँ बायाँ नगर्ने र मन्त्रीहरूलाई पनि गर्नुहुन्न भनेका थिए । यदि राष्ट्रियता र कम्युनिस्ट आन्दोलन जोगिन्छ भने आफू दुवै पद छोड्न तयार रहेको तर राष्ट्रियता र कम्युनिस्ट आन्दोलन दुवैमा खतरा उत्पन्न रहन्छ भने दुवै पद छोडेर कमजोर नहुने र त्यो हुन नदिने बताएको प्रधानमन्त्री ओलीको भनाइ  उद्धृत गर्दै ती मन्त्रीले भने ।

प्रतिक्रिया दिनुहोस