काठमाडौँ । कपिलवस्तुमा भेटिएको कोरोना पोजेटिभमध्ये तीन जना सुरक्षाकर्मी रहेको पुष्टि भएको छ ।
जसमध्ये नेपाल प्रहरीका सई, सशस्त्र प्रहरीका सई र राष्ट्रिय अनुसन्धान विभागका असईमा कोरोना सङ्क्रमण भएको जिल्ला प्रशासन कार्यालयका एक अधिकारीले बताएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधवार साँझ सार्वजनिक गरेको विवरणअनुसार कपिलवस्तुमा थप ८ जनामा कोरोना पुष्टि भएको उल्लेख थियो । जसमा २२, २९, ३२, ४०,४०, ४०, ४२, ४२ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।