कपिलवस्तु । कपिलवस्तुमा वडाध्यक्षमाथि गोली प्रहार भएको छ। कपिलवस्तुको यशोधरा गाउँपालिका– ८ का वडा अध्यक्ष सहाबुद्दिन मुसलमान माथि बिहीबार राति १ बजे गोली प्रहार भएको कपिलवस्तु प्रहरीले जनाएको छ ।
खोरिया गाँउमा आफ्नै घरमा सुतेका वडा अध्यक्ष मुसलमानमाथि चार राउण्ड गोली प्रहार भएको हो। दुई जना अज्ञात व्यक्तिले उनी माथि गोली हाने पनि उनलाई नलागेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडी बढाएको प्रदेश नं. ५ का प्रहरी प्रवक्ता डिएसपी नवराज पोखरेलले जानकारी गराए ।