काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालयका बैक भर्खरै सकिएको छ ।
बैठकमा कुनै पनि निर्णय हुन नसके पछी २० गते अर्को बैठक बोलाउने निर्णय गरेर टुंगिएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा पार्टी भित्रको आन्तरिक समस्या र स्थायी कमिटीका २० सदस्यले माग गरेको स्थायी कमिटी बैठकबारेमा छलफल भए पनि कुनै निष्कर्षमा नपुगेको हो । बैठकले स्थायी कमिटी बैठक मागबारे निर्णय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
पार्टीभित्र विकसित पछिल्लो स्थितिको समीक्षा गर्दै पार्टीको आगामी कार्यदिशा तय गर्ने बारेमा छलफल बताउँदै प्रवक्ता श्रेष्ठले २० गते बस्ने सचिवालय बैठकले अहिलेको आवश्यकतासँग मेल खाने, पार्टीलाई एकताबद्ध ढंगले अगाडि बढाउने र जनताले दिएको जनादेशअनुसार सामाजिक–आर्थिक रूपान्तरण प्रक्रियालाई पनि अगाडि बढाउने सन्दर्भमा उपयुक्त निर्णय लिने बताएका छन् ।
यसबीचमा पार्टीको नेतृत्व टिमले अनौपचारिक गृहकार्य अगाडि बढाउँदै यही २० गते पुनः बस्ने सचिवालयको बैठकले नै माग भइआएको स्थायी कमिटीको बैठक बारेमा पनि आवश्यक निर्णय गर्ने श्रेष्ठको भनाई छ ।