काठमाडौँ । दुईजना निको भएर अस्पतालबाट डिस्चार्ज भएकै दिन नेपालमा थप एकमा कोरोना भाइरस(कोभिड १९) संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले आफ्नो आधिकारिक वेवसाइटमा अध्यावधिक गरेको तथ्यांकअनुसार अब नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ ।
मन्त्रालयका अनुसार संक्रमित ६५ वर्षीय पुरुष हुन् । उनको ठेगाना र अन्य विवरण मन्त्रलायले खुलाएको छैन ।
जसमध्ये दुई जना निको भएर घर फर्किएका छन् ।