काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले खानै नपाएर गाउँ जान लागेकालाई खाद्यान्न पुर्याउने व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन दिएका छन् ।
अत्यावश्यक बाहेकका आवतजावत पूर्ण रुपमा बन्द गर्न निर्देशन दिँद्यै प्रधानमन्त्री ओलीले कोही खान नपाएरै गाउँ जान नपाएको भए त्यही खाद्यान्न पुर्याउने व्यवस्था गर्न भनेका हुन् ।
लकडाउन लम्बिँदै गर्दा मानिसहरु हप्तादिनसम्म हिँडेर भएपनि गाउँ जाने क्रम बढेपछि प्रधानमन्त्री ओलीले बालुवाटारमा मन्त्रीहरुलाई बोलाएर छलफल गरेका थिए । बैठकमा कोभिड–१९सम्बन्धी उच्चस्तरीय समितिले प्रदेश र स्थानीय तहस“ग समन्वय गरेर सिधै गाउँ पु¥याउने वा यही रोक्ने विकल्प पेश गरेको थियो ।
तर प्रधानमन्त्रीले यसमा उदाता देखाउन नहुने बताए । ‘आवतजावत बन्द भनेपछि एकठाउँबाट अर्को ठाउँमा जानेहरुलाई रोक्नुपर्छ । यदि खान नपाएरै जान लागेका हुन् भने जहाँ बसेका छन्, त्यही खाद्यान्न पुर्याउने व्यवस्था गर्नू ।’
उनले यसका लागि स्थानीय तहहरुसँग समन्वय गर्न र सम्बन्धित जिल्लाका सांसदहरुको सहयोग लिन उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएका छन् ।