काठमाडौँ । एक हजार आठ सय रुपैयामा किलो खसिको मासु बिक्रि गर्ने शंखमुलस्थित आइकालु मिट सेन्टरलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ ।
बाणिज्य, आपूर्ति तथा उपभोक्त संरक्षण विभागले गरेको अनुगमनका क्रममा एक हजार आठ सय रुपैयाँका दरले ९ सय रुपैयाँमा आधा केजी मासु विक्रि गरेको भेटिएपछि ठाउँका ठाउँ कारवाही गरेको हो ।
उपभोक्ता संरक्षण ऐन २०७५ को १६(२)(क) ३८(ङ) को कसुरमा ३९(ख) बमोजिम रु २ लाख जरिवाना गरिएको विभागले जनाएको छ ।