विराटनगर । प्रदेश नम्बर १ बाट कोरोना भाइरस(कोभिड–१९)को आशंकामा नमुना संकलन गरिएका मध्ये ३० जनाको रिपोर्ट नेगेभिट आएको छ । १० महिलासहित ४६ जनाको नमुना संकलन गरिएकोमा ६ जनाको रिपोर्ट आउन बाँकी छ ।
सुनसरीबाट २५ जना, झापाबाट ५ जना, मोरङगबाट ७ जना, धनकुटाबाट १ जना, तेर्हथुमबाट २ जना, सोलुखुम्वुबाट २ जना, उदयपुरबाट १ जना र पाँचथरबाट ३ जनाको नमुना संकलन गरिएको थियो ।
सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ मा ७ जना आइसोलेसनमा भर्ना भएका छन् । ४ महिलासहित ७ जना आइसोलेसनमा भर्ना भएका हुन् । जसमा सोलुमा १, उदयपुरमा २, पाँचथरमा ३ र ताप्लेजुङबाट १ जना आइसोलेसनमा भर्ना भएका हुन् । आइसोलेसनमा भर्ना भएका मध्ये २ जना डिस्चार्ज भएका छन् ।
प्रदेश १ मा हालसम्म ३५ वटा अस्पतालका ३ सय ६१ वटा आइसोलेसन बेड तयारी अवस्थामा रहेका छन् ।