३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस्तो छ क्‍वारेन्टाइन सञ्‍चालन तथा व्यवस्थापन मापदण्ड(मापदण्डसहित)

अ+ अ-

काठमाडौँ । सरकारले कोरोना भाइरसको सम्भावित संक्रमणबाट जोगिन लकडाउन गरेको चौथो दिन कोरोना भाइरस(कोभिड १९) सम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड–२०७६ जारी गरेको छ ।

मापदण्डमा क्वारेन्टाइनको व्यवस्थापन, त्यहाको सुरक्षा, चिकित्सकहरुको आवश्यकता, क्वारेन्टाइनमा बस्दा गर्न हुने र नहुने कार्य लगायतका विषयमा उल्लेख गरिएको छ। मापदण्डमा क्वारेन्टाइनको लागि केन्द्रदेखि प्रदेश हुँदै स्थानीय तहसम्मका प्रतिनिधिहरुलाई सामेल गरेर विभिन्न समितिहरु पनि गठन गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन मापदण्डमा कोरोना भाइरसको संक्रमणबाट लाग्न सक्ने रोगबाट नागरिहरुलाई सुरक्षित राख्न शंकास्पद व्यक्तिलाई कम्तीमा १४ देखि १७ दिनसम्म क्वारेन्टाइनमा सुरक्षित तथा सुव्यवस्थित तरिकाले राख्न ल्याइएको उल्लेख छ।

मापदण्डमा क्वारेन्टाइन भन्नाले कुनै रोगको संक्रमण फैलन सक्ने अवस्थालाई आकंलन गरी उक्त संक्रमित इलाका वा संक्रमितको सम्पर्कमा रहेका वा आवास वा होटलमा रहेका सम्भावित जोखिम भएका व्यक्तिलाई बाह्य सम्पर्कबाट छुट्याइ तोकिएको स्थान वा घरमा कम्तीमा १४ दिनसम्म अलग्गै राखिने अवस्थालाई जनाउने उल्लेख छ।

क्वारेन्टाइन मापदण्ड संघ, प्रदेश र स्थानीय तहमा निर्माण हुने वा तोकिने क्वारेन्टाइन देहायको मापदण्डबमोजिमको हुनुपर्ने उल्लेख छ। सम्भव भएसम्म घनाबस्तीबाट छुट्टै वा टाढा रहने, सञ्चार, स्वास्थ्य, सडक, पानी, विद्युतको पूर्ण व्यवस्था भएको, सम्भव भएसम्म सय जनाभन्दा बढी व्यक्तिलाई राख्ने सक्ने क्षमता भएको, तयारी भौतिक पूर्वाधारलाई प्राथमिकता दिने, सरकारी, संस्थान, सामुदायिक तथा सार्वजनिक भौतिक संरचनाहरु जस्तै होस्टेल, तालिम केन्द्र, होटल, शैक्षिक संस्था र सरकारी संरचना क्वारेन्टाइलका रुपमा प्रयोग गर्न सकिने उल्लेख छ।

मापदण्डमा क्वारेन्टाइनमा बस्दा खाने सयम तालिका पनि सार्वजनिक गरिएको छ। जसअनुसार बिहान ७ः३० देखि ८ बजेसम्म चिया खाजा, बिहान ११ः३० देखि १२ बजेसम्म दिवा खाजा, दिउँसो २ः३० बजेदेखि ३ बजेसम्म खाजा र बेलुकी ७ः३० देखि ८ बजेसम्म रात्री खाना व्यवस्था गरिनेछ। उक्त खानाको व्यवस्था गर्दा स्थानीय उपलब्धतालाई मध्यनजर गरी स्वास्थ्यकर खानाको प्रबन्ध मिलाउनु पर्ने उल्लेख छ।

हेर्नुहोस् मापदण्ड

प्रतिक्रिया दिनुहोस