भोलीदेखि अत्यावश्यकबाहेकका सरकारी कार्यालय बन्द « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भोलीदेखि अत्यावश्यकबाहेकका सरकारी कार्यालय बन्द


१० चैत्र २०७६, सोमबार


काठमाडौँ । सरकारले अत्यावश्यक सेवा प्रवाह गर्ने बाहेकका अन्य सबै सरकारी तथा सार्वजनिक कार्यालयहरु पनि बन्द गर्ने भएको छ ।

भोलि म‌ंगलबारदेखि स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी लगायतका अत्यावश्यक सेवाका कर्मचारीलाईवाहेक सरकारी कार्यालय बन्द गर्ने तयारी गरेको छ । कार्यालय प्रमुख र उच्च पदस्थ कर्मचारीको हकमा भने विदा हुने छैन ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोकत्वमा रहेको कोरोना भाइरस(कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले यसबारे निर्णय गर्ने तयारी रहेको स्रोतले बतायो।

समिति अन्तर्गत गठन गरिएका ६ वटा कार्यदल संयोजकको बैठकले यस्तो निर्णय गर्न सिफारिस गरेको हो। स्रोतका अनुसार अत्यावश्यक सेवाबाहेकका निजामती कर्मचारीलाई घरमै तयारी अवस्थामा बस्ने निर्देशन दिने सल्लाह कार्यदलमा रहेका मन्त्रीहरुले संयोजक पोखरेललाई दिएका हुन्।

मंगलबारदेखि सर्वसाधारणलाई घरभित्रै रहनु पर्ने गरी विशेष निर्णयसमेत गरिन लागेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस