विद्युत् प्राधिकरण रत्नपार्कका सुपरभाइजर घुससहित पक्राउ « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

विद्युत् प्राधिकरण रत्नपार्कका सुपरभाइजर घुससहित पक्राउ


३ चैत्र २०७६, सोमबार


अख्तियार

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण रत्नपार्क वितरण केन्द्रका इलेक्ट्रिकल सुपरभाइजर कैलाश प्रसाद दाहाल घुससहित पक्राउ परेका छन् ।

नयाँ क्षमता वृद्धिको मिटर जडानकोलागि नियमानुसार राजस्व तिरी प्रक्रिया अगाडी बढाउँदा झन्झटिलो हुन्छ भनी काममा आलटाल गरी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले बीस हजार रुपैयाँ घुससहित दाहाललाई पक्राउ गरेको हो ।

दाहाललाई घुस लिइसकेको अवस्थामा नजिकैका कार्यालयको सेवाग्राही फाँटबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस