नेपाली सेनामा मेडिकलदेखि ड्राइभरसम्म ६ हजार जनाका लागि भर्ना आव्हान « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

नेपाली सेनामा मेडिकलदेखि ड्राइभरसम्म ६ हजार जनाका लागि भर्ना आव्हान


प्रशासन विशेष ब्युरो

१९ श्रावण २०७६, आइतबार


काठमाडौँ । नेपाली सेनाले विभिन्न पदमा दरखास्त आव्हान गरेको छ।

नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले खुला प्रतिस्पर्धाबाट सैन्य मेडिकल ४० जना, सैन्य सिग्नल २० जना, ड्राइभर ४० जना, बकासी २५ जना, कुचिकर ४० जना, चर्मकर्मी ७ जना, सुचिकार २१ जना, धोबी र सिकर्मी १ १ जना मागिएको छ ।

यसैगरी देशभर रहेका नेपाली सेनाका ४० वटा स्थानबाट सैन्य पदका लागि ५ हजार ६ सय ९३ जनाको दरखास्त माग गरहेको हो।

दरखास्त बुझाउने अन्तिम मिति भदौ १६ गतेसम्म रहेको छ । दोब्बर दस्तुरको समय २३ गते रहेको छ ।

प्रतिक्रिया दिनुहोस